प्रधानमन्त्रीको भनाइबारे सरकारका प्रवक्ता : हाम्रो सीमा मिचियो भनेर भारतले खबर पठाएको छ « Khabarhub

प्रधानमन्त्रीको भनाइबारे सरकारका प्रवक्ता : हाम्रो सीमा मिचियो भनेर भारतले खबर पठाएको छ


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले यही आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिको बचाउ गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि बोल्दै उनले बालेन संसद्मा दिएको अभिव्यक्तिको बचाउ गरेका हुन्।

‘नेपालले भारतको भूभाग कब्जा गरेको खबर दिल्लीबाटै आएको भएर अचम्मित छु भन्नू भएको हो’, उनले भने, ‘त्यसबारेमा परराष्ट्र मन्त्रालयले आवश्यक वक्तव्य दिइसकेको छ।’

उनले दुवै छिमेकीको तलमाथि परेको भूमि समस्या मिलाउन पुरानै समितिहरूले काम गरिरहेको बताए । ‘भूमिसम्बन्धी सीमा विवाद मिलाउन पुरानै समितिहरू छन् । प्रधानमन्त्रीले पनि यसबारेमा भन्नु भएको छ’, उनले भने, ‘सीमा विवादबारे भारतले पनि नोट पठाएको छ। नेपालले पनि पठाएको छ। हामीले सीमा विवादसम्बन्धी काम अघि बढाउँदा भारतले पनि हाम्रो सीमा मिचिएको छ भनेर प्रधानमन्त्रीले खबर गरेको भन्नुभएको हो ।’

उनले क्रस बोर्डर अपुकेशनबारे बोल्दै भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्ने सक्ने र नेपालले उपभोग गरिरहेको भारतमा पर्न सक्ने पनि बताए । पोखरेलले नेपाललाई भारतले खबर गर्दा कहाँ कहाँ सीमा मिचियो भनेर खबर पठाएको भन्ने कुरा खुलाएनन्।

‘त्यहीकारण प्रधानमन्त्रीलले यस्तो कुरा आयो म अचम्ममा परेँ भन्नु भएको हो । प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनु हुन्छ’, उनी भन्छन्, ‘आवश्यक पर्दा उहाँले संसद्मा बोल्नुपर्छ । सीमा विवादलाई टेबल टकबाट मिलाउनुपर्छ भन्नेमा द्विविधा छैन । यसबारे कूटनीतिक रुपमा परराष्ट्र मन्त्रालयले काम गर्छ ।’

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १ : २८ बजे

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

रास्वपा महाधिवेशनमा मतदानको समय साढे चार बजेसम्म थपियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन

रामकुमारीको आरोप- सरकारले आफ्ना जोगाएर विपक्षीमाथि धरपकड गर्‍यो    

काठमाडौं– नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण