मन्त्रिपरिषद्को निर्णय : भूमि समस्या समाधान समितिमा पदाधिकारी नियुक्त, अञ्जनी पोखरेल सशस्त्रको एआईजीमा बढुवा « Khabarhub

मन्त्रिपरिषद्को निर्णय : भूमि समस्या समाधान समितिमा पदाधिकारी नियुक्त, अञ्जनी पोखरेल सशस्त्रको एआईजीमा बढुवा


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनईपी) अन्तर्गत ओजोन तहलाई हानि पुर्‍याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी ‘मोन्ट्रियल प्रोटोकल’ कार्यान्वयनसँग सम्बन्धित सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।

यस्तै, सशस्त्र प्रहरी बल नेपालका नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय पनि गरिएको छ।

मन्त्रिपरिषद्ले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रसम्बन्धी विषय अध्ययन गरी सिफारिस गर्न बनेको अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवम् सामान्य प्रशासन मन्त्रालयअन्तर्गत भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र वास्तोलालाई नियुक्त गरिएको छ।

समितिका सदस्यमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङकी पद्मिनी सोती र काठमाडौंकी डा. रेहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

सरकारले यी निर्णयमार्फत् वातावरण संरक्षण, सुरक्षा निकायको व्यवस्थापन तथा भूमि समस्या समाधानका कार्यलाई अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १ : ३४ बजे

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी