वीरगञ्जका मेयर सिंहलाई चार लाख १५ हजार धरौटी लिएर रिहा गर्न आदेश « Khabarhub

वीरगञ्जका मेयर सिंहलाई चार लाख १५ हजार धरौटी लिएर रिहा गर्न आदेश


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- लिखतसम्बन्धी र दुईवटा विवरण पेश गरी नागरिकता लिएको कसुरमा पक्राउ परेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन्।

मंगलबार नै पक्राउ परेका उनलाई जिल्ला अदालत पर्साका न्यायाधिश गायत्रीप्रसाद रेग्मीको इजलासले दुईवटा कसुरमा ४ लाख १५ हजार धरौटी लिएर छाड्न आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी जयनारायण यादवले खबरबहलाई दिएको जानकारी अनुसार सिंहसँग लिखतसम्बन्धी कसुरमा ४ लाख र दुईवटा विवरण लिएर नागरिकता लिएको कसुरमा १५ हजार धरौटी माग गरिएको हो ।

न्यायाधीश रेग्मीको इजलासमा बयान लिने प्रक्रियापछि थुनछेक बहसका क्रममा सिंहलाई धरौटीको राहत मिलेको हो ।

पर्सा प्रहरीले मेयर सिंहलाई मंगलबार पर्साको ठोरी क्षेत्रमा बसिरहेको अवस्थामा पक्राउ गरेर अदालतमा बुझाएको थियो।

गत जेठ १२ गते जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

स्थानीय लियाकत अलीको जाहेरी बमोजिम अदालतले मेयर सिंहसहित तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ४ : २३ बजे

अछाममा रामारोशन स्काई रन २०२६ आयोजना हुने

काठमाडौं– नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा आगामी असार

बिहीबार कांग्रेस अनुशासन समितिको बैठक बस्ने

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रिय अनुशासन समितिको बैठक बिहीबार बस्ने भएको

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन– गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

सीमा विवादको प्रश्नमा कविन्द्रले भने- प्रधानमन्त्रीबाटै यसको जवाफ आउँछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका विषयमा

पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८