वीरगञ्जका मेयर सिंहलाई चार लाख १५ हजार धरौटी लिएर रिहा गर्न आदेश « Khabarhub

वीरगञ्जका मेयर सिंहलाई चार लाख १५ हजार धरौटी लिएर रिहा गर्न आदेश


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- लिखतसम्बन्धी र दुईवटा विवरण पेश गरी नागरिकता लिएको कसुरमा पक्राउ परेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन्।

मंगलबार नै पक्राउ परेका उनलाई जिल्ला अदालत पर्साका न्यायाधिश गायत्रीप्रसाद रेग्मीको इजलासले दुईवटा कसुरमा ४ लाख १५ हजार धरौटी लिएर छाड्न आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी जयनारायण यादवले खबरबहलाई दिएको जानकारी अनुसार सिंहसँग लिखतसम्बन्धी कसुरमा ४ लाख र दुईवटा विवरण लिएर नागरिकता लिएको कसुरमा १५ हजार धरौटी माग गरिएको हो ।

न्यायाधीश रेग्मीको इजलासमा बयान लिने प्रक्रियापछि थुनछेक बहसका क्रममा सिंहलाई धरौटीको राहत मिलेको हो ।

पर्सा प्रहरीले मेयर सिंहलाई मंगलबार पर्साको ठोरी क्षेत्रमा बसिरहेको अवस्थामा पक्राउ गरेर अदालतमा बुझाएको थियो।

गत जेठ १२ गते जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

स्थानीय लियाकत अलीको जाहेरी बमोजिम अदालतले मेयर सिंहसहित तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ४ : २३ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स