कांग्रेसले संसद् बैठकसँगै समितिहरू पनि बहिष्कार गर्ने « Khabarhub

कांग्रेसले संसद् बैठकसँगै समितिहरू पनि बहिष्कार गर्ने


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्सँगै अब संसदीय समितिका बैठक पनि बहिष्कार गर्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्मा उभिएर माफी नमागेसम्मम कांग्रेसले आगामी २५ जेठसम्म संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङ्देम्बेले बताए । प्रतिपक्षीको निरन्तर विरोधका कारण संसद् पनि जेठ २५ सम्मलाई रोकिएको छ।

आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा बालेनले `नेपालले पनि भारतको भूमि मिचेको रहेछ´ भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले माफी माग्नुपर्ने भन्दै सदन अवरोध गरिरहेकाे छ । कांग्रेससँगै अन्य विपक्षी दल पनि विरोधमा उत्रिएका छन् ।

सांसदलाई कानुनभन्दा माथि राख्नेगरी सत्ताको बलमा पेलेर प्रतिनिधि सभा नियमावली पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । अब कांग्रेसले संसदीय समितिका बैठक पनि बहिष्कार गर्ने निर्णय लिएको हो ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ५ : ५६ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय