प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरोध जारी रहन्छ : प्रमुख सचेतक थापा « Khabarhub

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरोध जारी रहन्छ : प्रमुख सचेतक थापा

सडक आन्दोलनबारे पनि छलफल हुँदै


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति माफी नमागेसम्म सदन अवरोध जारी रहने बताएकी छन्।

सभामुखले प्रधानमन्त्रीसँग संवादका लागि समय उपलब्ध गराउन संसद् बैठक जेठ २५ गतेसम्म स्थगित गरेको हुनसक्ने अनुमान गर्दै थापाले प्रधानमन्त्रीलाई उत्तरदायी बनाउने जिम्मेवारी सभामुखको पनि रहेको बताइन्।

खबरहबसँग कुरा गर्दै थापाले बजेटमाथिको छलफलभन्दा राष्ट्रियताको विषय महत्वपूर्ण रहेको उल्लेख गरिन्। प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो अभिव्यक्तिको पुष्टि गर्नुपर्ने र तथ्यहीन कुरा बोलेको भए माफी माग्नुपर्ने उनको भनाइ छ।

‘प्रधानमन्त्रीले सदनबाट बोल्नुभएको कुरा अत्यन्त गम्भीर छ। यो सानोतिनो विषय होइन। बजेटबारे विस्तारै छलफल गर्दै जाऔँला, तर त्योभन्दा ठूलो कुरा राष्ट्रियता जोगाउनु हो,’ थापाले भनिन्, ‘सभामुखले पनि देशको हितलाई प्राथमिकतामा राखेर समय दिनुभएको हुन सक्छ। प्रधानमन्त्रीले बोलेको कुरा उचित थिएन भन्ने निष्कर्षसहित सदन सुचारु गर्ने प्रयास भएको होला।’

उनले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर आफ्नो भनाइबारे स्पष्ट र तथ्यपरक जवाफ दिनुपर्ने बताइन्।

‘प्रधानमन्त्रीले माफी नमागेसम्म हामी सदन अवरोध जारी राख्छौँ। आवश्यक परे सडक आन्दोलनका कार्यक्रमबारे पनि छलफल गरिरहेका छौँ,’ उनले भनिन्, ‘प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनु सकारात्मक कुरा हो, तर उहाँले व्यक्त गर्नुभएको भनाइबारे सत्यतथ्य स्पष्ट पार्नैपर्छ।’

थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशकै सार्वभौमिकता र राष्ट्रिय हितमाथि प्रश्न उठाएको दाबी गर्दै यसलाई सामान्य विषयका रूपमा लिन नसकिने बताइन्। उनले राष्ट्रियताको विषयमा प्रधानमन्त्रीको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने मागसमेत गरिन्।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ६ : ३१ बजे

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

रास्वपा महाधिवेशनमा मतदानको समय साढे चार बजेसम्म थपियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन

रामकुमारीको आरोप- सरकारले आफ्ना जोगाएर विपक्षीमाथि धरपकड गर्‍यो    

काठमाडौं– नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण