अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ? « Khabarhub

अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ?

एउटा रोचक भिडन्तको प्रतिक्षा


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत शनिबार बिहानका राति एउटा यस्तो खेल हुँदैछ, जसलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो असमान भिडन्तका रूपमा हेरिएको छ । विश्वकपमा पहिलोपटक डेब्यु गर्दै ऐतिहासिक नकआउट चरणमा पुगेको सानो टापु राष्ट्र केप भर्डेले साविक विश्व विजेता अर्जेन्टिनाको सामना गर्न लागेको हो । अमेरिकाको मियामी गार्डेन्सस्थित हार्ड रक स्टेडियममा नेपाली समय अनुसार शनिबार बिहान ३:४५ बजे यी दुई टोली आमनेसामने हुनेछन् ।

केप भर्डेका गोलकिपर भोजिन्हा सबैभन्दा धेरै चर्चामा छन् गोल मेसिनसमेत भनेर चिनिने अर्जेन्टिनाका कप्तान ३९ वर्षीय मेसीलाई केप भर्डेका ४० वर्षीय गोलकिपर भोजिन्हाले कसरी रोक्छन् ? यो प्रश्नले धेरैलाई कौतुहलता बढाएको छ । भर्डेको खेलमा गोलकिपर भोजिन्हाको प्रर्शनले सबैको मन जितेको छ ।

टोलीको पहिलो विश्वकप यात्रामा उत्कृष्ट प्रदर्शन गर्दै नायकको भूमिका निर्वाह गरेका छन् । उनले तीन खेलमध्ये दुई खेलमा विपक्षीलाई गोल गर्नबाट रोकेका छन्। युरोपेली च्याम्पियन स्पेनविरुद्धको गोलरहित बराबरी खेलमा उनले प्रभावशाली ढंगले सातवटा बचाउ गर्दै प्रतिभाशाली खेलाडी लामिन यामाललाई गोल गर्नबाट रोकेका थिए।

उच्च फममा रहेका साविक विजेता टिमका कप्तान मेसीले भने तीन खेलमा ६ गोल गर्दै विश्वकपमा नयाँ कीर्तिमान बनाइसकेका छन् । त्यसैले पनि यो खेल विश्वका फुटबल प्रेमीका लागि विशेष छ ।

विश्वकपको ९६ वर्षे इतिहासमा नकआउट चरण पुग्ने सबैभन्दा कम जनसंख्या (करिब साढे ५ लाख मात्र) भएको देश केप भर्डेले यसअघि नै इतिहास रचिसकेको छ । ‘ब्लु सार्क्स’ उपनामले चिनिने यो टोलीले समूह चरणमा कडा डिफेन्सको प्रदर्शन गर्दै उपाधि दावेदार स्पेन (०–०), पूर्व विजेता उरुग्वे (२–२) र साउदी अरब (०–०) लाई बराबरीमा रोकेर ३ अंक जोड्दै ऐतिहासिक दोस्रो स्थान हासिल गरेको थियो । विदेशमा रहेका आफ्ना डायस्पोरा खेलाडीहरूलाई समेटेर बलियो रणनीतिका साथ मैदान उत्रिएको केप भर्डेका लागि अर्जेन्टिनासँगको खेल फुटबल इतिहासकै सबैभन्दा ठूलो अवसर हो ।

अर्कोतर्फ, साविक विजेता अर्जेन्टिना भने समूह चरणमा अल्जेरिया र अस्ट्रिया जस्ता टोलीलाई सहजै पाखा लगाउँदै समूह ‘जे’ को विजेता बनेर नकआउटमा आएको हो । अर्जेन्टिनाका लागि ३९ वर्षीय करियरमा कप्तान लियोनेल मेसी जारी विश्वकपमा ६ गोल गर्दै उत्कृष्ट फर्ममा रहेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा अनुभव र शक्तिको हिसाबले अर्जेन्टिना निकै अगाडि भए पनि केप भर्डेले आफ्नो रक्षात्मक रणनीति र अनुशासित खेलको बलमा अर्को एउटा ठूलो उलटफेर गर्ने दाउमा रहनेछ । साविक विजेताले अघिल्लो चरण प्रवेशका लागि केप भर्डेको बलियो रक्षापंक्ति तोड्नुपर्नेछ भने केप भर्डेका लागि मेसी र लाउटारो मार्टिनेज जस्ता स्टार स्ट्राइकरलाई रोक्नु मुख्य चुनौती हुनेछ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ७ : ०० बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको