स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण « Khabarhub

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा पुनर्निर्माण गरिएको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको भवन स्थानीय समुदायको सक्रियताबाट पुनर्निर्माण भर्ई हस्तान्तरण गरिएको छ ।

आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको प्रहरी भवन स्थानीयकै पहलमा पुनः सञ्चालनयोग्य बनेपछि समुदाय र प्रहरीबीचको सहकार्यको उदाहरणका रूपमा हेरिएको छ ।

पोखरा महानगरपालिका २८, २९ र ३० नम्बर वडाको पहलमा गठन गरिएको पुनर्निर्माण समितिले करिब पाँच लाख बराबरको लागतमा भवनको मर्मत तथा पुनर्निर्माण सम्पन्न गरेको हो । समितिका अध्यक्ष कुशल गुरुङको नेतृत्वमा स्थानीयवासी, समाजसेवी तथा विभिन्न पक्षको सहयोग जुटाएर भवनलाई पुनः प्रयोगयोग्य बनाइएको थियो ।

पुननिर्मित भवन जिल्ला प्रहरी कार्यालय कास्कीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी केवल प्रहरीको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताए ।

‘समुदाय र प्रहरीबीच विश्वास, सहकार्य र सहभागिता बलियो हुँदा मात्रै समाजमा दिगो शान्ति, अमनचयन र कानुनी शासन स्थापित गर्न सकिन्छ । आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी भवन पुनर्निर्माणका लागि स्थानीय समुदायले देखाएको अग्रसरताले नागरिक प्रहरी साझेदारी र सम्बन्धलाई थप सुदृढ बनाउँछ ।’ प्रहरी उपरीक्षक कार्कीले भने ।

निर्माण समितिका संयोजक कुशलले प्रहरी कार्यालय स्थानीय नागरिकको सुरक्षासँग प्रत्यक्ष जोडिएको संस्था भएकाले यसको पुनर्निर्माणलाई सामाजिक उत्तरदायित्वका रूपमा लिएको बताए ।

‘सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको साझेदारी अझ सुदृढ बनाउन यस्ता सहकार्यलाई निरन्तरता दिनुपर्नेछ ।’ उनले भन । गत वर्ष भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा वडा प्रहरी कार्यालय गगनगौडामा आगजनी तथा तोडफोड हुँदा भवनमा क्षति पुगेको थियो ।

त्यसयता अस्थायी व्यवस्थापनमार्फत सेवा सञ्चालन हुँदै आएकोमा स्थानीय समुदायको सहयोगमा भवन पुनर्निर्माण सम्पन्न भएपछि प्रहरी सेवा अझ व्यवस्थित र प्रभावकारी विश्वास स्थानीयले गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १० : ४० बजे

टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड

टीकापुर– टीकापुर नगरपालिकाले १९औँ नगरभाले आगामी आर्थिक वर्ष २०८३/८४ को

दिउँसो दुई बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन

काठमाडौं– शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण  विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा