अमेरिकालाई रातो कार्ड कति महँगो पर्ला ? « Khabarhub

अमेरिकालाई रातो कार्ड कति महँगो पर्ला ?


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार बिहान सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न नकआउट चरणको खेलमा बोस्निया हर्जगोभिनालाई २–० गोललले हराउँदै अमेरिका अन्तिम १६ मा पुगेको हो ।

अमेरिकाका फोलोरिन बालोगुन र मलिक टिलम्यानले गोल गरेका थिए । बालोगुनले खेलको ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६४औँ मिनेटमा रातो कार्ड पाएर १० जनामा सिमित भएको अमेरिकाका लागि ८२औँ मिनेटमा टिलम्यानले गोल गर्दै अमेरिकालाई २–० गोलको जित दिलाए ।

आजको खेलमा अमेरिकाका लागि पहिलो गोल गरेका बालोगुनले बोस्नियाका डिफेन्डर तारिक मुहारेमोविचलाई फल हानेपछि रातो कार्ड पाएका थिए । अब अमेरिकाले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ ।

जितसँगै अमेरिकाले सियाटलमा बेल्जियमसँगको भेट पक्का गरेको हो। तर, यो सफलता प्राप्त गर्न अमेरिकाले ठूलो मूल्य चुकाउनुपरेको छ।

आर्सनलका २४ वर्षीय पूर्वयुवा खेलाडी फोलोरिन बालोगुनले यसअघि पाराग्वेविरुद्ध दुई गोल गर्दै अमेरिकालाई सानदार जित दिलाएका थिए। जारी प्रतियोगितामा आफ्नो तेस्रो गोल थप्दै उनले पहिलो हाफ सकिनु केही समयअघि टोलीको गतिरोध तोडे।

उनले ह्याट्रिक नै पूरा गर्न सक्ने अवसर पनि पाएका थिए। उनको एउटा प्रहार पोस्टको नजिकैबाट बाहिरियो भने अर्को एउटा प्रहार अफसाइड घोषित भयो। त्यस्तै नजिकैबाट गरिएको अर्को प्रहार क्रसबारमा ठोकिन पुग्यो। तर, खेलको एक घण्टाभन्दा केही समयपछि उनको यो विश्वकपको यात्रा नै सकियो। बोस्नियाका रक्षक तारिक मुहरेमोभिचसँग बायाँ विङ्गतर्फ बल खोसाखोस गर्ने क्रममा सामान्य देखिएको ट्याकलमा अमेरिकी फरवार्डले सोझै रातो कार्ड खानुपर्‍यो।

बालोगुनले बललाई जोगाउन खोज्दा मुहरेमोभिच उनको अगाडि आउन सफल भए। सोही क्रममा बालोगुनको जुत्ता भुइँमा टेक्दा बोस्नियाली खेलाडीको गोलीगाँठोको पछाडिको भागमा पर्न गयो र उनको खुट्टा नराम्ररी मर्कियो।

प्रत्यक्ष हेर्दा र वास्तविकतामा पनि त्यो पूर्ण रूपमा भवितव्य वा भुलवश भएको जस्तो देखिन्थ्यो। तर ब्राजिलियन रेफ्री राफेल क्लाउसलाई भिडियो असिस्टेन्ट रेफ्रीको सुपर स्लो–मोसन रिप्ले हेर्न मोनिटरतर्फ पठाइयो, जसले गर्दा उनलाई रातो कार्ड देखाउनुबाहेक अन्य विकल्प रहेन।

एकै विश्वकप संस्करणमा तीन गोल गर्ने तेस्रो अमेरिकी खेलाडी बनेकै रात उनी विश्वकपको नकआउट खेलमा गोल गर्ने र रातो कार्ड पाउने चौथो खेलाडीसमेत बनेका छन्। यसअघि सन् १९६२ को सेमिफाइनलमा ब्राजिलका गारिन्चा, २००२ को क्वार्टरफाइनलमा इंग्ल्यान्ड विरुद्ध ब्राजिलकै रोनाल्डिन्हो र २००६ को कुख्यात फाइनलमा इटाली विरुद्ध फ्रान्सका जिनेदिन जिदानले यस्तो नियति भोगेका थिए।

रातो कार्ड पाएपछि बालोगुनले कम्तीमा एक खेलको प्रतिबन्ध खेप्नुपर्नेछ, जसले गर्दा उनी बेल्जियम विरुद्धको खेलमा मैदान उत्रिन पाउने छैनन्। यदि अमेरिका अगाडि बढेमा फिफा पदाधिकारीले यो प्रतिबन्धलाई लम्ब्याएर क्वार्टरफाइनल र सेमिफाइनलसम्म पनि पुर्‍याउन सक्ने सम्भावना रहन्छ।

लामो समयदेखि फुलहमको नजरमा रहेका रिकार्डो पेपी बालोगुनको स्थान लिन सक्ने सबैभन्दा बलिया दाबेदार हुन्। यद्यपि, उनले यस प्रतियोगितामा मैदानमा बिताएका १८४ मिनेट र त्यसअघिका चार मैत्रीपूर्ण खेलमा कुनै गोल गर्न सकेका छैनन्।

गत मार्च महिनामा प्रशिक्षक माउरिसियो पोचेटिनोले आगामी जुलाई १९ मा घरेलु मैदानमा अमेरिकाले पहिलो पटक विश्वकप ट्रफी उचाल्ने सम्भावनाबारे चर्चा गरेका थिए । विश्वकप सुरु भएको २१ दिन बितिसक्दा र फुटबल इतिहासमा अमर बन्ने यात्राका सम्भावित आठ खेलमध्ये चार खेल सकिएका छन् । त्यही माैकामा महत्त्वपूर्ण खेलाडीले रातो कार्ड पाएका हुन् । यसले अमेरिकालाई कति असर गर्छ भनेर आगामी खेलमा हेर्नुपर्ने छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १० : ५७ बजे

थाइल्यान्डमा बसोबास गर्ने नेपालीलाई कृषिमन्त्रीले भनिन्- अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गरौँ

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग थाइल्यान्डमा बसोबास गर्ने

कर्णाली नदीमा मिनीबस खस्यो

दैलेख- दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा मिनीबस कर्णाली

विपद्का घटनामा ३ जनाको मृत्यु, २३ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५२ वटा विभिन्न विपद्का घटना

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ

काठमाडौं- शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का

बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र निर्माण

काठमाडौं– नेपाली कला, संस्कृति तथा धार्मिक सम्पदाप्रति जनचेतना अभिवृद्धि गर्ने