पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा जडान « Khabarhub

पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा जडान


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पर्वत– ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा सवारी दुर्घटनाजस्ता घटना न्यूनीकरण गर्नका लागि पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा सिसिटिभी निगरानी प्रणाली विस्तार गरिएको छ ।

दैनिक  ठूलो सङ्ख्यमा सर्वसाधारणको आवतजावत हुने भएकाले सुरक्षा चुनौती बढ्दै गएपछि सिसीक्यामेरा जडान गरिएको वडा अध्यक्ष नवीनकुमार श्रेष्ठले बताए ।  

देवीस्थानको कमलेबजारदेखि ढिकसम्मको क्षेत्र पुरानो तथा व्यस्त व्यापारिक केन्द्र हो ।  यहाँ बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, टिकट काउन्टरलगायतका व्यवसाय सञ्चालनमा छन् । 

वडाध्यक्षले भने, ‘सिसिटिभी क्यामराले अपराध नियन्त्रण, घटनाको अनुसन्धान तथा सर्वसाधारणमा सुरक्षा अनुभूति बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ । गत वर्ष पनि वडाभित्रका ५० स्थानमा सडकबत्ती जडान गरी सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएका थियौँ ।’

स्थानीय व्यापारीहरूले बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान भएपछि व्यवसाय सञ्चालन थप सुरक्षित र सहज हुने अपेक्षा गरेका छन् । 

स्थानीय व्यापारी प्रकाश श्रेष्ठले भने, ‘क्यामरा जडान भएपछि चोरी तथा अन्य आपराधिक गतिविधिमा संलग्न हुनेहरूमा त्रास सिर्जना हुनेछ । यसले व्यापारी र ग्राहक दुवैलाई सुरक्षित महसुस गराउनेछ ।’

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विजय यादवले सिसिटिभी क्यामरा आधुनिक सुरक्षा व्यवस्थापनको प्रभावकारी माध्यम भएको बताए । 

उनले भने, ‘घटना हुन नदिन र भइहालेमा दोषी पहिचान गर्न सिसिटिभी अत्यन्त उपयोगी हुन्छ । स्थानीय तहले गरेको यस्तो पहलले प्रहरी अनुसन्धानमा पनि ठूलो सहयोग पुग्छ ।’ 

स्थानीयवासीले पनि सुरक्षा संवेदनशील क्षेत्रमा सिसिटिभी क्यामरा जडानलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा थप स्थानमा विस्तार गर्नुपर्ने माग गरेका छन् ।

फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले ग्रामीण क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै सहरीकरण उन्मुख वडाहरूमा सिसीक्यामेरा जडान गर्दै लैजाने योजना बनाएको बताए । 

फलेवासका मुडिकुवा, खानीगाउँ, देवीस्थान, शङ्करपोखरी, कार्कीनेटालगायतका क्षेत्रमा सिसीक्यामेरा विस्तार गरिने उनको भनाइ छ । 
 

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १२ : ४१ बजे

बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद

काठमाडौं- सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा

सुर्खेतमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय