खामेनीको स्वीकृतिमै अमेरिकासँग वार्ता भइरहेको पेजेस्कियानको दाबी « Khabarhub

खामेनीको स्वीकृतिमै अमेरिकासँग वार्ता भइरहेको पेजेस्कियानको दाबी


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग भइरहेको अप्रत्यक्ष वार्ता देशको सर्वोच्च नेतृत्वको स्पष्ट स्वीकृति र निर्देशनअनुसार अघि बढिरहेको बताएका छन्। वार्ताका विषयमा सरकारले एकल रूपमा कुनै निर्णय नगरेको स्पष्ट पार्दै उहाँले धार्मिक नेतृत्वको अनुमति नलिई वार्ता अघि बढाइएको भन्ने आलोचनालाई अस्वीकार गरे।

इस्लामिक विकास समन्वय परिषद्को स्मारक मुख्यालयका अधिकारीहरूसँगको भेटमा राष्ट्रपति पेजेस्कियानले सरकारले इस्लामिक गणतन्त्रको निर्णय प्रक्रियाअनुसार तथा नयाँ सर्वोच्च नेता मोजताबा खामेनीको रणनीतिक निर्देशनमा मात्रै काम गरिरहेको बताए। 

नेतृत्वले वार्ता नगर्न निर्देशन दिएको भए सरकारले त्यसको पूर्ण पालना गर्ने उल्लेख गर्दै उनले नेतृत्वको अनुमतिबिना कुनै पनि कूटनीतिक पहल सम्भव नरहेको स्पष्ट पारे।

उनका अनुसार सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) मा सर्वोच्च नेताले तय गरेको प्रक्रियाअनुसार परिषद्का कम्तीमा तीनचौथाइ सदस्यको समर्थन भएमा मात्रै वार्ता अघि बढाउने व्यवस्था छ। १३ सदस्यीय परिषद्मध्ये १२ जनाले वार्ताको पक्षमा मतदान गर्दै त्यसलाई समर्थन गरेको जानकारी दिँदै उनले सरकारले चालेका सबै कदम राष्ट्रिय रणनीति र स्वीकृत नीतिअनुसार नै अघि बढाइएको बताए।

यो अभिव्यक्ति लामो समय सर्वोच्च नेता रहेका आयातोल्लाह अली खामेनीको हालै निधनपछि इरान सङ्क्रमणकालीन राजनीतिक अवस्थाबाट गुज्रिरहेका बेला आएको हो। देशमा राजकीय अन्त्येष्टिको तयारी भइरहेका बीच कतारको दोहामा अमेरिकी र इरानी प्रतिनिधिबीच अप्रत्यक्ष वार्ता जारी रहेको जनाइएको छ।

कतार र पाकिस्तानको मध्यस्थतामा दुवै पक्षबीच छुट्टाछुट्टै चरणमा वार्ता सम्पन्न भएको छ। कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले १४ बुँदे इस्लामावाद समझदारी ज्ञापनपत्रका सन्दर्भमा सकारात्मक प्रगति भएको पुष्टि गरे।

दोहा वार्ता स्विट्जरल्यान्डको लेक लुसर्न शिखर सम्मेलनमा तय गरिएको ढाँचाअनुसार अघि बढाइएको बताइएको छ। कतारी अधिकारीहरूका अनुसार इरानी प्रतिनिधिमण्डललाई राजकीय अन्त्येष्टिमा सहभागी हुन फर्किन सहज बनाउन वार्ता अस्थायी रूपमा स्थगित गरिएको छ भने अर्को चरणको वार्ता उपयुक्त समयमा पुनः सुरु गरिने जनाइएको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १२ : ५५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि