मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाएपछि… « Khabarhub

मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाएपछि…


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।

हेलमेट नलगाई मोटरसाइकल चलाएको आरोपमा उनलाई पाँच सय रुपैयाँ जरिवाना तिराएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार मुख्यमन्त्री शाहले ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि कारबाहीस्वरूप पाँच सय रुपैयाँ जरिवाना तिराइएको हो।

ट्राफिक प्रहरी प्रमुख रेशम आचार्यसहितको टोली मुख्यमन्त्री निवास पुगेर नियमअनुसार जरिवाना असुल गरेको जनाएको छ।

ट्राफिक प्रहरीले हेलमेटको प्रयोग सबै सवारी चालकका लागि अनिवार्य रहेको र कानुन कार्यान्वयनमा कुनै व्यक्तिलाई विशेष छुट नदिइने जनाएको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  १ : २५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको