भारत भ्रमणमा जापानी प्रधानमन्त्री ताकाइची, सेमिकन्डक्टर, एआई र इन्डो–प्यासिफिक सहकार्यमा वार्ता हुने « Khabarhub

भारत भ्रमणमा जापानी प्रधानमन्त्री ताकाइची, सेमिकन्डक्टर, एआई र इन्डो–प्यासिफिक सहकार्यमा वार्ता हुने


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानकी प्रधानमन्त्री सनाए ताकाइची तीनदिने औपचारिक भ्रमणका लागि बुधबार भारतको नयाँ दिल्ली पुगेकी छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको स्वागत गर्दै दुई देशबीचको ‘विशेष रणनीतिक तथा विश्वव्यापी साझेदारी’लाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत ताकाइचीको स्वागत गर्दै उनको पहिलो भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भारत र जापानको संयुक्त प्रयासले इन्डो–प्यासिफिक क्षेत्रसहित विश्वमा शान्ति, स्थिरता र समृद्धि प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

जापानी प्रधानमन्त्री ताकाइचीले पनि एक्समार्फत भारत आइपुगेको जानकारी दिँदै प्रधानमन्त्रीका रूपमा करिब तीन वर्षपछि भारत भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गरेकी छन्।

भारत र जापानका प्रधानमन्त्रीबीच बिहीबार हुने औपचारिक वार्तामा सेमिकन्डक्टर उत्पादन तथा आपूर्ति शृङ्खला, कृत्रिम बुद्धिमत्ता (एआई), उन्नत प्रविधि, आर्थिक सहकार्य तथा इन्डो–प्यासिफिक क्षेत्रमा रणनीतिक सहयोग प्रमुख एजेन्डा रहने अपेक्षा गरिएको छ।

दुवै देशले पछिल्ला वर्षहरूमा प्रविधि, पूर्वाधार, रक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्दै आएका छन्। यस भ्रमणका क्रममा उच्च प्रविधि, डिजिटल नवप्रवर्तन र क्षेत्रीय सुरक्षा सहकार्यसम्बन्धी विभिन्न समझदारीमा हस्ताक्षर हुन सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  २ : ०८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि