नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो « Khabarhub

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८ दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ६६१ दशमलव ७१ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८९ अङ्कले उकालो लागेर ४६२ दशमलव ४७ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ९९ अङ्कले बढेर १८२ दशमलव ६१ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ३९ अङ्कले बढेर १५६ दशमलव ६८ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता सेयर रु चार अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर बढ्यो भने अन्य आठ उपसमूहको सेयर मूल्य घटेको छ । 

नेप्सेका अनुसार अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी, खलगा हाइड्रोपावर कम्पनी, स्नोरिभर लिमिटेड र सानीगाढ हाइड्रोपावर कम्पनीले कमाएका छन् भने एनआइसी एसिया डिबेञ्चर, भुजुङ हाइड्रोपावर, सामुदायिक लघुवित्त संस्था लिमिटेड, सिवाइसी लघुवित्त संस्थालगायत कम्पनीको सेयर मूल्य घटेको छ ।
 

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ४ : ०७ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा