कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त « Khabarhub

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस खस्दा भएको दुर्घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी नेकपाले गहिरो दुःख व्यक्त गरेको छ । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको माइक्रो बस नदीमा खस्दा ठूलो जनधनको क्षति भएको यस घटनाले आफूलाई अत्यन्त मर्माहत र दुखित बनाएको पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनाएका छन् ।

संयोजक प्रचण्डले यस दुःखद र हृदयविदारक दुर्घटनामा परी ज्यान गुमाएका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । विपद्को यो कठिन घडीमा पीडित परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै उनले दुर्घटनामा परेका नागरिकहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले दुर्घटना लगत्तै नदीमा बेपत्ता भएका यात्रुहरूको तीव्र खोजी गर्न, घाइतेहरूको तत्काल उद्धार गर्न र उनीहरूको प्रभावकारी एवं निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित सरकारी निकाय र स्थानीय प्रशासनसँग जोडदार आग्रह गरेका छन् । साथै, उनले विपद्को यस दुःखद समयमा उद्धार र राहत कार्यमा आवश्यक समन्वय गर्दै स्थानीय प्रशासनलाई सम्पूर्ण रूपमा सहयोग गर्न आफ्नो पार्टी पङ्क्तिलाई समेत निर्देशित गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ४ : ४८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको