कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त « Khabarhub

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस खस्दा भएको दुर्घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी नेकपाले गहिरो दुःख व्यक्त गरेको छ । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको माइक्रो बस नदीमा खस्दा ठूलो जनधनको क्षति भएको यस घटनाले आफूलाई अत्यन्त मर्माहत र दुखित बनाएको पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनाएका छन् ।

संयोजक प्रचण्डले यस दुःखद र हृदयविदारक दुर्घटनामा परी ज्यान गुमाएका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । विपद्को यो कठिन घडीमा पीडित परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै उनले दुर्घटनामा परेका नागरिकहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले दुर्घटना लगत्तै नदीमा बेपत्ता भएका यात्रुहरूको तीव्र खोजी गर्न, घाइतेहरूको तत्काल उद्धार गर्न र उनीहरूको प्रभावकारी एवं निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित सरकारी निकाय र स्थानीय प्रशासनसँग जोडदार आग्रह गरेका छन् । साथै, उनले विपद्को यस दुःखद समयमा उद्धार र राहत कार्यमा आवश्यक समन्वय गर्दै स्थानीय प्रशासनलाई सम्पूर्ण रूपमा सहयोग गर्न आफ्नो पार्टी पङ्क्तिलाई समेत निर्देशित गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ४ : ४८ बजे

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का

अझै सुरु हुन सकेन प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन अझै

वार्षिक समीक्षामा मन्त्रीले भनिन्- सेवा प्रवाह प्रभावकारी बनाउनू

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि