कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने « Khabarhub

कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका तीन नेताहरूले आज छलफल गरेका छन् । पछिल्लो समय संस्थापन पक्षमा खुलेका तीन नेताले आज विमलेन्द्र निधिको निवास मध्य वानेश्वरमा छलफल गरेका हुन् । निधिसँगै छलफलमा डा. प्रकाशमान सिंह र डा. शशांक कोइराला सहभागी थिए ।

पछिल्लो समय पार्टीमा देखिएको विवाद र संस्थापन पक्षले छुट्टै पार्टी कार्यालय स्थापना गर्न लागेको लगायतका विषयमा छलफल केन्द्रित थियो। बैठकमा उपस्थित एक नेताको सचिवालयले दिएको जानकारी अनुसार भोलि शीर्ष नेताहरू कांग्रेस पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निमन्त्रणामा बैठक बस्न लागेका छन् । भोलिको बैठकमा कांग्रेसको १५औं महाधिवेशन लगायतका विषयमा केन्द्रित रहेर कुराकानी हुनेछ ।

यस्तै, संस्थापन पक्षले छुट्टै कार्यालय खोल्न लागेको विषय लगायतमा केन्द्रित रहेर कुराकानी हुने बताइएको छ । कांग्रेस महामन्त्री गगन थापा निकट नेताहरू भने संस्थापन पक्षले घुर्की मात्रै लगाएको आरोप लगाउँछन् । आजको बैठकमा पनि तीन नेताहरूले कांग्रेस पार्टी विभाजनतर्फ नलागेर पन्ध्रौं महाधिवेशनको तयारी तर्फ लाग्नुपर्ने निष्कर्ष निकालेको स्रोतको दाबी छ ।

कांग्रेसले विशेष महाधिवेशन गरेर फागुन २१ को निर्वाचन अगाडि गगन थापा सभापति बनेका थिए । त्यसलाई संस्थापन पक्ष शेरबहादुर देउवा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरुले अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ५ : ११ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी