दोहा वार्तापछि अमेरिका–इरान संवादलाई निरन्तरता दिने सहमति « Khabarhub

दोहा वार्तापछि अमेरिका–इरान संवादलाई निरन्तरता दिने सहमति


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतार र पाकिस्तानको मध्यस्थतामा दोहामा सम्पन्न अप्रत्यक्ष वार्तापछि संयुक्त राज्य अमेरिका र इरानले कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। मध्यस्थकर्ताहरूले वार्तामा सकारात्मक प्रगति भएको जनाउँदै तनाव कम गर्ने प्रयास जारी रहने बताएका छन्।

जुन महिनामा वाशिङ्टन र तेहरानले कतार र पाकिस्तानको मध्यस्थतामा भएको समझदारीअनुसार ६० दिनका लागि युद्धविराम गर्ने तथा हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने सहमति गरेका थिए। १४ बुँदे उक्त समझदारीमा युद्धको स्थायी अन्त्य, हर्मुज जलडमरूमध्यको व्यवस्थापन, इरानको पुनर्निर्माण कोष तथा आणविक कार्यक्रमलगायतका विषयमा थप वार्ताको आधार तय गरिएको थियो।

बुधबार सम्पन्न अप्रत्यक्ष छलफलपछि कतार र पाकिस्तानले जारी गरेको संयुक्त विज्ञप्तिमा दुवै पक्षसँग छुट्टाछुट्टै वार्ता भएको र त्यसबाट सकारात्मक प्रगति भएको उल्लेख गरिएको छ।

इरानी प्रतिनिधिमण्डलका प्रमुख तथा विदेश मन्त्रालयका उपमन्त्री काजेम गारिबाबादीले समझदारी उल्लङ्घनसम्बन्धी घटनाको अभिलेखीकरण र समन्वयका लागि सञ्चार संयन्त्र स्थापना गर्ने सहमति भएको जानकारी दिनुभयो। उहाँका अनुसार वार्तामा रोक्का गरिएका इरानी सम्पत्तिको विषय पनि उठाइएको थियो। प्रारम्भिक रूपमा रोक्का गरिएको छ अर्ब अमेरिकी डलरको केही हिस्सा मानवीय आवश्यकताका सामग्री खरिदमा प्रयोग गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको आणविक निशस्त्रीकरणसम्बन्धी प्रक्रिया सकारात्मक रूपमा अघि बढिरहेको दाबी गर्नुभएको छ।

वार्ताबारे जानकारी राख्ने एक स्रोतका अनुसार दोहाको पछिल्लो छलफल मुख्यतः हर्मुज जलडमरूमध्यको व्यवस्थापनमा केन्द्रित थियो भने आणविक कार्यक्रमसम्बन्धी विषय आगामी चरणका वार्तामा विस्तृत रूपमा उठाइनेछ।

मध्यस्थकर्ताहरूका अनुसार अर्को चरणको अप्रत्यक्ष वार्ता इरानका दिवङ्गत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिपछि आयोजना गरिनेछ। दुवै पक्षले शोक अवधि सकिएलगत्तै वार्ता पुनः सुरु गर्ने सहमति गरेका छन्।

यसबीच, अमेरिका र इरानबीच भएको युद्धविरामपछि पनि खाडी क्षेत्रमा छिटपुट तनाव कायम छ। अमेरिकी सेन्ट्रल कमान्डले यसै साता इरानका १० सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको थियो भने इरानले त्यसको जवाफस्वरूप कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी कारबाही गरेको दाबी गरेको छ। यद्यपि दोहामा वार्ता सुरु हुनुअघि केही दिनदेखि क्षेत्रमा गोलीबारीको अवस्था अपेक्षाकृत शान्त देखिएको छ।

लेबनान मोर्चामा पनि इजरायल र हिजबुल्लाहबीचको तनाव केही कम भए पनि दक्षिणी लेबनानमा छिटपुट आक्रमणका घटना जारी रहेका छन्। इरानले कुनै पनि दीर्घकालीन समझदारीका लागि दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुनुपर्ने अडान दोहोर्याएको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ६ : २२ बजे

दक्षिण अफ्रिका बस दुर्घटना : १६ जनाको मृत्यु, दर्जनौं घाइते

केप टाउन- दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस

राजविराज–भारदह सडक अलपत्र

राजविराज– राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ । उक्त सडक

अर्थसंक्षेप : गाडी भाडा घट्यो, नेप्से बढ्यो र भारतसँग आर्थिक सहकार्य विस्तारमा जापानको जोड

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित ‘सम्पत्ति शुद्धीकरण

सर्वोच्चद्वारा विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं- सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

स्वास्थ्य क्षेत्रमा बालेन सरकारका सय दिन : खोस्रियो पहाड, भेटियो मुसा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा वर्तमान सरकार गठन