लिड्ससँगको लज्जास्पद हारपछि लिभरपुल प्रशिक्षक चिन्तित « Khabarhub

लिड्ससँगको लज्जास्पद हारपछि लिभरपुल प्रशिक्षक चिन्तित

पहिलो हाफमा उत्कृष्ट, दोस्रो हाफमा निराशाजनक


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

शिकागो – अमेरिका भ्रमणको अन्तिम खेलमा लिड्स युनाइटेडसँग ४–२ को पराजय व्यहोरेपछि लिभरपुलका नयाँ मुख्य प्रशिक्षक एन्दोनी इराओलाका लागि टोली पुनर्गठनमा गम्भीर चुनौती खडा भएको छ।

शिकागोबाट फर्कने क्रममा प्रशिक्षक इराओलाका लागि टोलीको प्रदर्शन समीक्षा गर्ने धेरै ठाउँ बाँकी रहेका छन्। लिड्सविरुद्धको खेलको पहिलो हाफमा लिभरपुलले इराओलाको प्रशिक्षण सम्हालेपछिकै उत्कृष्ट मध्येको प्रदर्शन गरेको थियो। तर, दोस्रो हाफमा भने टोलीले २५ मिनेटको अन्तरमा लगातार चार गोल खाँदै खराब प्रदर्शन गर्‍यो।

हाफ-टाइम र दोस्रो हाफमा इराओलाले टोलीमा व्यापक परिवर्तन गरेका थिए, तर ड्यानियल फार्केको टोलीविरुद्ध लिभरपुल जुन तरिकाले सम्हालिन सकेन, त्यसलाई टोली परिवर्तनको बहाना मात्र बनाउन सकिँदैन। लिभरपुलको बेन्च स्ट्रेन्थ र शारीरिक क्षमतामा रहेको कमजोरी यस खेलमा प्रष्ट रूपमा देखिएको छ। अनुभवी टोलीका अगाडि केभिन राम्से, इफेयानी न्डुक्वे र मोर टाल्ला न्डियायेजस्ता युवा डिफेन्डर मैदानमा रहँदा लिड्सले सजिलै गोल गर्न सकेको विषयले प्रशिक्षकलाई थप चिन्तित बनाएको छ।

अलेक्ज्यान्डर इसाक र फ्लोरियन विर्ट्जको पुनरागमनसँगै पहिलो हाफमा लिभरपुल निकै उत्कृष्ट देखिएको थियो। पहिलो हाफको लयका कारण टोलीको बढी आलोचना गर्नु उचित नभए पनि, सेट-पिसमा देखिएको गम्भीर कमजोरीलाई लिएर प्रशिक्षकले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ।

लिभरपुलका मिडफिल्डर डोमिनिक सोबोस्लाइले भने, “हामीले दुई वटा गोल सेट-पिसबाट खाएका छौँ। हामीले यसमा सुधार गर्नुपर्छ र सेट-पिसमा अझ राम्रो रणनीति अपनाउनुपर्छ।”

इराओलाले प्रशिक्षणका क्रममा खोज्ने कडा मेहनत र तीव्रता पहिलो हाफमा देखिए पनि दोस्रो हाफमा भने त्यो हराएको थियो। कर्टिस जोन्स र फेडेरिको चेजाजस्ता अनुभवी खेलाडीहरूले पनि अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेनन्।

यसअघि नै प्रशिक्षक इराओलाले अगस्त महिना ट्रान्सफरका हिसाबले कठिन हुने बताएका थिए। “मलाई अगस्ट महिना विशेष गरी मन पर्दैन। प्रतियोगिताहरू सुरु भइसक्दा पनि कुन खेलाडी टोलीबाट बाहिरिँदै छन् र को आउँदै छन् भन्ने निश्चित हुँदैन, जसले गर्दा अन्योलता सिर्जना हुन्छ,” उनले भनेका थिए।

अमेरिकामा दुई साता बिताउँदा पनि लिभरपुलले नयाँ खेलाडी अनुबन्ध गर्न सकेको छैन। निर्णय लिनुअघि आफ्नो टोलीसँग उपलब्ध खेलाडीको क्षमता नियाल्न चाहेका इराओलाका लागि यो हारले नयाँ खेलाडी भित्र्याउने ढोका भने खोलिदिएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ७ : १० बजे

जुम्लामा लोभ हुँदै पानी घट्ट 

जुम्ला– जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरू लोभ हुँदै गएका

चार खेल खेलेर एनपीएलबाट फर्किए डेभिड वार्नर

 काठमाडौँ – अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर

बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै

भद्रपुर– झापाका प्रमुख बजारको स्वरूप फेरिँदै गएको छ । व्यापारिक

उपनिर्वाचन नहुँदा १०७ जनप्रतिनिधिका पद रिक्त, स्थानीय तहमा मात्रै ८५

काठमाडौँ – देशभरका स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी

टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते

काठमाडौँ – टर्कीको पश्चिमी क्षेत्र इज्मिर नजिकै रहेको एक स्टिल