‘हिमालयन गोल्ड’को टिजर : कर्माको रहस्यमयी लुक्स र सुनीलको डाइलग मुख्य आकर्षण « Khabarhub

‘हिमालयन गोल्ड’को टिजर : कर्माको रहस्यमयी लुक्स र सुनीलको डाइलग मुख्य आकर्षण


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशको सबैभन्दा ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सका हलहरूमा हिमालमा हुने अपराध झल्को दिने र थ्रिल महसुस गराउने एक फिल्मको टिजर देखाइन सुरू भएको छ ।

फिल्म सुरुभन्दा अघिको समयमा उक्त नेपाली फिल्म ‘हिमालयन गोल्ड’को टिजर देखाइन्छ । तथापि, यस फिल्मको प्रदर्शन मिति सार्वजनिक भएको छैन । न यो टिजर सामाजिक सञ्जालमा नै सार्वजनिक गरिएको छ ।

टिजरमा कलाकार स्वर्गीय सुनील थापा, नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बूलाई प्रस्तुत गरिएको छ । सुनीलको ओझिलो आवाजका संवाद मात्रै टिजरमा समावेश छ ।

हिमालका मनमोहक र केही व्यक्तिका रहस्यमयी दृश्यले दर्शकलाई फिल्मप्रति आकर्षण गर्ने उच्च सम्भावना यस टिजरमा भेटिन्छ । नायक कर्माको क्रोधित रहस्यमयी लुक्स टिजरको अर्को आकर्षण हो ।

हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बालाई ‘हिमालयन गोल्ड’ भनिन्छ । ‘हिमालयन गोल्ड’का लागि हुने अपराधको कथामा यो फिल्म बनेको टिजरले संकेत गर्छ ।

गज्जब सिनेम्याटिक अनुभवका साथमा रहस्यमयी कथा रहेको महसुस गराउने यो टिजरले सम्भावना बोकेको फिल्म बनाइएको संकेत गर्छ । त्यसै पनि नेपालमा हिमालका कथामा कमै फिल्म बन्ने गर्छन् ।

यो फिल्मको छायाङ्कन गत वर्ष भएको हो । ह्वाइट एलिफन्ट मोसन पिक्चरको निर्माण सहकार्यमा बनेको यस फिल्मको लेखक र निर्देशक धिराज राजवंशी हुन् ।

नायिक मेनुका प्रधान पनि यस फिल्मको शीर्ष कलाकार हुन् । यो टिजर केही सातापछि मात्रै युट्युबमा सार्वजनिक हुने बुझिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ५ : ४३ बजे

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार