पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा « Khabarhub

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा फस्टाउँदै गएको छ। गाउँपालिकाले पूर्वाधार निर्माण र संरक्षणलाई प्राथमिकता दिएसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको हो।

समुद्री सतहबाट करिब २ हजार ३ सय मिटर उचाइमा रहेको अरुण डाँडाबाट विभिन्न हिमशृङ्खला, समथर फाँट र प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ। गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध, शिव र यलम्बरका मूर्ति तथा विश्रामस्थल निर्माण गरिएको छ। धार्मिक आस्थाका कारण पनि पूजाआजाका लागि यहाँ भक्तजन पुग्ने गरेका छन्।

भोजपुर–लेगुवा सडकखण्ड नजिकै पर्ने भएकाले सहज पहुँचका कारण पर्यटकको सङ्ख्या बढेको पौवादुङमा–१ का वडाध्यक्ष राजेन्द्र तामाङले बताए। “पर्यटकलाई लक्षित गरी आवश्यक संरचना निर्माण र वृक्षरोपण गरिएपछि क्षेत्रको सुन्दरता थप बढेको छ,” उनले भने।

सहरी व्यस्तताबाट राहत पाउन र स्थानीय परिकारको स्वाद लिन मानिसहरू अरुण डाँडा पुग्ने गरेको स्थानीय लालबहादुर तामाङ बताउँछन्। पर्यटकको आगमनले स्थानीय आयआर्जनमा समेत टेवा पुगेको उनको भनाइ छ।

गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार पारेर नै अरुण डाँडाको विकास अघि बढाएको छ। यस क्षेत्रलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आम्दानीको स्रोत बनाउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। आगामी दिनमा थप प्रचारप्रसार गरी बाह्य पर्यटकसमेत भित्र्याउने योजना गाउँपालिकाको छ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ६ : १७ बजे

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त