आयु सकियो, फेरि बल्झियो कृष्णभीरको पहिरो (फोटो फिचर) « Khabarhub

आयु सकियो, फेरि बल्झियो कृष्णभीरको पहिरो (फोटो फिचर)


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

धादिङ – त्रिशूली नदीले सतहबाटै जमिन कटान गरेपछि पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्डअन्तर्गत धादिङको कृष्णभीरमा खसेको पहिरोले तीन दिनदेखि यातायात ठप्प भएको छ। पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य राजमार्ग भएर आवतजावत गर्ने हजारौँ सवारी साधन र यात्रु अलपत्र परेका छन्।

२०५५/५६ सालतिर कृष्णभीरमा निरन्तर खस्ने पहिरोले यात्रुलाई सास्ती दिने गरेको थियो। २०६० सालमा बायो–इन्जिनियरिङ प्रविधिबाट निर्मित पहिरो नियन्त्रण पर्खाल र संरचनाको प्राविधिक आयु २० वर्ष निर्धारण गरिएको थियो। उक्त संरचनाको आयु सकिएलगत्तै नदी कटानका कारण फेरि ठूलो पहिरो खस्दा आवतजावत पूरै ठप्प बनेको छ। पहिरोकै कारण कुनै बेला ‘झर्‍यो, झर्‍यो कृष्णभीर…’, ‘कृष्णभीरको पहिरोले माया आउने बाटो छेकियो’ र ‘कृष्णभीरमा जाम’ जस्ता लोकप्रिय गीतहरू बनेका थिए।

सडक विभागका प्राविधिकहरूका अनुसार पहिरो खसेकै ठाउँबाट तत्काल सडक खुलाउन सहज छैन। कतिपय भूगर्भविद् तथा प्राविधिकहरूले कृष्णभीरको विकल्पमा नयाँ रुट प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै भदौ महिनाभित्रै सडक मर्मत गरी सञ्चालनमा ल्याइने दाबी गरे पनि भौगोलिक जटिलताका कारण दीर्घकालीन समाधानको खोजी आवश्यक देखिएको छ।

(तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी)

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ११ : ४७ बजे

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको