पश्चिम नेपाल बस व्यवसायीद्वारा राहत कोषमा १० लाख सहयोग « Khabarhub

पश्चिम नेपाल बस व्यवसायीद्वारा राहत कोषमा १० लाख सहयोग


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विनाशकारी बाढी तथा पहिरो प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका लागि पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

प्रालिका अध्यक्ष दधीराम खरेलले बिहीबार उक्त रकम बराबरको चेक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौला र महासचिव डेकनाथ गौतममार्फत हस्तान्तरण गरेका हुन्। विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रालिले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।

अध्यक्ष खरेलले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित नागरिकको साथमा उभिनु सम्पूर्ण यातायात व्यवसायीको मानवीय दायित्व भएको बताए। “विपद् कसैको व्यक्तिगत समस्या मात्र नभएर समाजको साझा पीडा हो,” उनले भने, “राज्यले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानमा योगदान पुर्‍याउन व्यवसायी तथा मजदुरका तर्फबाट यो सहयोग गरेका हौँ।”

बाढीका कारण धेरै परिवार विस्थापित हुनुका साथै सडक, पुल र यातायातका साधनमा ठूलो क्षति पुगेको छ। प्रालिले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको शीघ्र खोजी र सकुशल उद्धारका लागि सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ११ : ३९ बजे

उद्धारमा खटिएका चिनियाँ विज्ञ भन्छन् : अन्यभन्दा नेपालको विपद् निकै गम्भीर, गेग्रान भरिएको सुरुङमा छिर्नै कठिन

काठमाडौं- नेपालका सीमावर्ती क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि चीनले उद्धार तथा

कुलमान-प्रधानमन्त्री भेट : २३५ मेगावाटका जलविद्युत् आयोजना छिटो सञ्चालनका विषयमा छलफल

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग

कुलमानले बालेनलाई भने- हेलिकप्टरको मात्रै भर नपरौँ, स्याफ्रुबेँसीसम्मको सडक खोलेर बेलीब्रिज हालौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क

मिनियापोलिसमा गोली चल्दा तीन जनाको मृत्यु

एजेन्सी– अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक अपार्टमेन्ट भवनमा बुधबार गोली

नेकपा बहुमतमा फेरि फुटको चिन्ता, विभाजनतर्फ धकेल्न खोजिएको गुनासो

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएको विवाद र