भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै « Khabarhub

भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १२सय बढीको मृत्यु भएको छ ।

बिहीबार बिहानसम्म १२ सय भन्दा बढी को शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यसैगरि बाढीका कारण चार हजार भन्दा बढी सम्पर्कविहीन छन् भने करिब १२ हजार जनाको उद्धार गरिएको छ ।

बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जानकारी दिएको छ ।

सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन् । बाढीका कारण ठूलो मानवीय क्षति हुनाका साथै हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ । 

बाढीका कारण मृत्यु भएकाहरूमध्ये केहीको शव पहिचान गरी आफन्तजनलाई बुझाइएको छ भने विभिन्न स्थानमा फेला परि पहिचान हुन नसकेका शवहरूलाई जमिनमा सुरक्षित रुपमा गाडिएको छ । 

(सच्याइएको : यसअघि यसै समाचारमा मृतकको संख्या अन्यथा हुन गएकाले सच्याएका छौँ – सम्पादक)

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  १२ : ०१ बजे

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको