क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन « Khabarhub

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’ नामक औषधिको एक ब्याच न्यून गुणस्तरको पाइएकाले बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ । 

विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधिको बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न उत्पादक उद्योग तथा यसका प्रतिनिधिहरूलाई निर्देशन दिएको हो । विभागद्वारा जारी गरिएको सूचना अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको औषधिको नमूनालाई राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएको हो । 

विभागले ‘प्यान्टोलोक–डीएसआर’ नामको ब्याच नम्बर सिपिडी–०५७ रहेको र उत्पादन मिति सेप्टेम्बर २०२५ देखि म्याद सकिने मिति अगस्ट २०२७ रहेको औषधि फिर्ता गर्न निर्देशन दिएको हो । 

विभागका अनुसार उक्त ब्याचको औषधिको परीक्षण गर्दा ‘डम्पिरिडोन’को डिजोलुसन टेस्ट निर्धारित मापदण्ड अनुसार नपाइएकाले फिर्ता गर्न भनिएको हो ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  २ : २० बजे

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा