त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी « Khabarhub

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खोलेर माटो सोहोर्ने काम भइरहेको छ ।

नेपाली सेनाका अनुसार आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली ५ एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेका छन् ।

सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो थुप्रो (डेब्रिस)मा अन्तबाट बगाएर ल्याएका फलामसहितका संरचना तथा ठूलठूला ढुङ्गाहरू छन् । दिनरातको निरन्तरको प्रयासपछि ती सामग्री पन्छ्याएर सुरुङको माथिल्लो भागतर्फ १० फिट लम्बाइ र ४ फिट उचाइ जति मुख खोलिएको नेपाली सेनाले जनाएको छ ।

आयोजना स्थलमा रहेका सांसद् श्रीराम न्यौपानेका अनुसार सेनाले सुरुङभित्र छिरेर माटो सोहोर्ने र पानी बाहिर बगाउने काम गरिरहेको छ । एक्स्क्याभेटर तथा मेसिनसहित प्रवेश गर्नका लागि पुरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेको बाँकी डेब्रिस हटाउने कार्य पनि जारी छ । थप ७ वटा बोल्डर (ठूला ढुङ्गा) ब्लास्टिङका लागि तयारी पनि भइरहेको छ ।

यो सुरुङ १७० मिटर जति लम्बाइको छ । माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै पावरहाउसलगायत अन्य संरचनामा पुग्न सकिने सेनाले जनाएको छ ।
 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ६ : ३३ बजे

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन