पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व « Khabarhub

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन छठ्ठी पर्व मनाएका छन् । 

घर नजिकै कुश रहेको ठाउँमा गएर उनीहरूले पूजापाठ गरी तीन छठ्ठी पर्व मनाएका हुन् । पूजापाठका लागि उनीहरु कपिलवस्तु नगरपालिका–६ स्थित निगालीकोटमा पुगेका थिए ।

पर्वका दिन बिहानै व्रतालु महिलाले महुवाको दतिवनले दाँत माझ्ने चलन छ । सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी ब्रत, पुजापाठ र भजनकीर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन् ।

कपिलवस्तु नगरपालिका–६ थुम्हवी व्रतालु ज्ञानमती बरईले छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनी यो व्रत राख्ने चलन रहेको बताइन्।

 उनले भनिन्, ‘यस पर्वमा घासे कुश, महुवा र तिन्नी नाम गरेको चामल को पूजापाठ गरी आफ्ना छोरालाई टीका टालो गर्ने गरिन्छ’, उनले तीन छठ्ठी माताको व्रत बस्ने परिवार कै फलिफात हुने विश्वास व्यक्त गरिन्।

कपिलवस्तु नगरपालिका–६ की व्रतालु नन्दनी यादवले तीन  छठ्ठी पर्व छोरा भएका महिलाले मनाउने गरेको बताइन् । अर्का व्रतालु माया कलवारले तिन छठ्ठी माईले जसको मनोकमना पूरा गर्छन् । त्यसले यो पर्व मनाउने गरेको बताइन्। 

उपवास सकेपछि हलो नजोतिएको खेतको अन्न अर्थात (तिन्नीको भात) जंगली धानको चामलको भात र साग खाएर महिलाले व्रत गर्ने गर्दछन् । व्रतका बेला कुशसँगै देवीहरुको मन्दिर पूजाआजा गर्ने प्रचलन छ। 

पूजाका लागी चिनी नहालेको दही, हर्दी, चामल महुवा र चनाकालाई एकै ठाउँमा मुछेर प्रसाद बनाइन्छ । वैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए । तर पोखरीमा पानी नआए पछि उनले आफ्नो नातीको बली दिए पश्चात पोखरीमा पानी निस्किएको  थियो । 

त्यसपछि राजाकी बुहारीले तीन छठ्ठी देवीको व्रत राख्दा पुनः राजाको नाती जीवित भएको प्रसङ्ग जोडी यो व्रत गर्ने प्रचलन रही आएको छ ।

विशेष गरी कुशको पूजा गर्नका लागि व्रतालु महिला निगालिकोट, तौलिहवास्थित प्रहरी कार्यालयबाहिर र नेपाली सेनाको ब्यारेक, २४ हजार नहरलगायत कुश भएका विभिन्न स्थानमा पुगेका थिए ।
 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ७ : ०२ बजे

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा