इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु « Khabarhub

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाबाट इलामतर्फ आउँदै गरेको डब्लुबी २९ बी २९४४ नम्बरको ट्रक आज दिउँसो मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१० गोदकस्थित बाह्रगोलाइमा दुर्घटना हुँदा सहचालक भारतको दक्षिण दिनेशपुर गङ्गारामपुरका ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा परी चालकसहित दुई जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक भारतको दक्षिण दिनेशपुर गङ्गारामपुरका ३० वर्षीय रबिन बर्मुन र ट्रकमा सवार सिन्धुपाल्चोकको चौतारा नगरपालिका(३ का २९ वर्षीय आशबहादुर तामाङ घाइते भएका उनले बताए ।

घाइते दुवै जनालाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । ट्रक अनियन्त्रित भई सडकको दाहिने साइडबाट अन्दाजी पाँच मिटर तल झरी दुर्घटना भएको प्रनाउ भण्डारीले बताए । ट्रक इलामको तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत इलाम नगरपालिका-१० र माईजोगमाई गाउँपालिका-४ जोड्ने जोगमाई खोलामा निर्माणाधीन बेलिब्रिजको सामग्री लिएर झापाबाट इलामतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ८ : २४ बजे

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा