हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह « Khabarhub

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा दरिलो खम्बा बनेर उभिएको बताएका छन् ।

फेसबुकमा बिहीबार राति स्टाटस लेख्दै बाढी आएकै दिनदेखि हामीले मित्रराष्ट्रहरुबाट विभिन्न किसिमको सहयोग प्राप्त गरिरहेको बताएका हुन् ।

‘हाम्रो दुःखमा उहाँहरू दरिलो खम्बा बनेर उभिनुभएको छ। हामीलाई पहिलो दिनदेखि छिमेकी राष्ट्र भारतले विभिन्न चरणमा आवश्यक सबै किसिमको सहयोग गरिरहेको छ,’ उनले लेखेका छन्, ‘भारतले हालसम्म ५ चरणमा ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ । साथै, उद्धारका लागि विज्ञ टोलीहरु पनि प्रभावित क्षेत्रमा खटाइरहेको छ ।’

त्यस्तै चीनले नेपाललाई ३० करोड रुपैयाँ र ५० टन राहत सामग्री उपलब्ध गराइसकेको उनले जानकारी दिएका छन् । साथै सरकारले चीनसँग प्रभावित क्षेत्रका लागि ३० वटा बेलिब्रिज सहयोग गर्न अनुरोध गरेको पनि जानकारी दिए ।

त्यस्तै विभिन्न देशहरूबाट आर्थिक सहयोग र राहत सामग्री आउने क्रम जारी रहेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् ।
साथै उनले उपलब्ध स्रोतसाधनहरुको प्रयोग गरी अहोरात्र खटिरहेको बताएका छन् ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारमा निरन्तर लागिरहेको र सम्पर्कविहीन मानिसहरुको खोजी पनि निरन्तर भइरहेको प्रधानमन्त्री शाहको भनाइ छ ।

‘त्योसँगै खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्रीहरुसमेत उपलब्ध गराएर प्रभावित नागरिकहरुलाई होल्डिङ सेन्टरहरुमा बसोबास गराइरहेका छौं,’ उनले लेखेका छन्, ‘कतिपय प्रभावित नागरिकहरुले आफ्ना लागि अस्थायी बसोबासको व्यवस्था गर्न थाल्नुभएको छ। तर, उहाँहरुका लागि हामीले हरेक दिन हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइरहेका छौँ ।’

प्रभावित नागरिकहरुलाई आफ्नो पीडाभन्दा माथि उठाउन आवश्यक मनोपरामर्शसहित स्वास्थ्य सेवा पनि उपलब्ध गराइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ९ : ०९ बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना