अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान « Khabarhub

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकहरुले प्रयोग गर्ने बेनी–जोमसोम सडकको पदयात्रालाई सहज बनाउन स्वमसेवी युवाहरुले श्रमदान अभियान सञ्चालन गरेका छन् ।

बेनीका प्रकाश पौडेल नेतृत्वको युवाहरुको टोलीले शुक्रबार राहुपारे र कुनौटा क्षेत्रमा अप्ठ्यारो ठाउँमा झ¥याङ राख्ने, रसी झुण्डाउने काम गरेका हुन् । १५ जनाको समूहले दिनभर श्रमदान गरेर पैदलयात्रा गर्न असहज बनेका रुखहरु काटेर हटाउने काम पनि गरेको संयोजक पौडेलले बताए ।

‘यो सडक मर्मत सकिएर नियमित रुपमा यातायातका साधन सञ्चालन हुने अवस्था नआउँदा सम्मका लागि पदैलयात्रा गरेर गन्तब्यमा पुग्नुपर्ने बाध्यताका यात्रुको सहजताका लागि श्रमदान अभियान सञ्चालन गरेका हौ,’ उनले भने, ‘सामाजिक सञ्जाल फेसबुकमा अपिल र साथीहरुलाई आव्हान गरेर स्वमसेवक परिचालन गरेर सडकमा मानिसलाई सहज तथा सुरक्षित रुपमा आवत जावतको वातावरण बनाउने प्रयास गरिएको हो ।’

गत हप्ताको झरिपछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डको कतिपय ठाउँहरुमा पैदलयात्रा गर्न पनि कठिन अवस्था छ । एक हप्ताअघिसम्म दैनिक हजारौ गाडी गुुड्ने बेनी जोमसोम सडकको बेनी देखि काभ्रेभिर खण्डको ३३ किलोमिटर सडक पहिरो, कालीगण्डकीको कटान र बाढीले छिया छिया बनाएको छ । पक्की सडक भत्किएको मात्रै छैन केही ठाउँमा नाम निशाना नभेटिने गरि बगेको र भत्किएको छ ।

सडक मर्मत नहुँदासम्म मुस्ताङमा फसेका पर्यटक, तिर्थयात्री, व्यवसायी र स्थानीयबासीहरु अत्यावश्यक कामका लागि यो बाटो हिडेर गन्तव्यमा पुग्ने एकमात्र विकल्प बनेको छ । सडकमा गर्नुपर्ने पदयात्रा जोखिमपूर्ण र असहज छ । बेनी–जोमसोम–कोरला सडक योजनाले पछिल्लो पटक अवरुद्ध भएका ४६ मध्य ४१ ठाउँमा मर्मत सकिएको जनाएको छ ।

आयोजना प्रमुख तेजस्वी शर्माले म्याग्दीको तिल्केनीचौर, खामभित्ता र भुरुङ्ग तातोपानी खण्डमा मर्मत जारी रहेको बताए । इन्धन र उपकरणको व्यवस्था मिलाएर थप ठाउँमा पनि उपकरण र मजदुर परिचालन गरेर अवरुद्ध बनेको कोरला नाका जोड्ने सडक जति सक्दो छिटो सञ्चालन गर्न युद्धस्तरमा कामलाई तिब्रता दिएको शर्माले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ५ : ३२ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६