अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान « Khabarhub

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री वाग्ले विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार साँझ अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेका हुन् ।

अर्थ मन्त्रालयका अनुसार मन्त्री वाग्लेले असोज १९ र २० गते विश्व बैंक, अमेरिकाको अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

यस्तै, द्विपक्षीय सहायता अभिवृद्धि, पुनर्निर्माण, वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिरिने नेपालको प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुनेछ।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण पूर्वाधारमा भएको क्षतिको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालन गर्ने विषयमा पनि अर्थमन्त्री वाग्लेले विश्व बैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग विशेष छलफल गर्नेछन्।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ८ : ५३ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४