अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी « Khabarhub

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा इरानको सम्भावित संलग्नताबारे आशंका गरिएको छ। यद्यपि, शुक्रबारसम्म दुवै घटनामा इरानको प्रत्यक्ष भूमिका पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन।

बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्ने सैन्य विमानस्थलनजिक भएको घटनामा प्रहरीले बेलायती तथा इरानी दुवै नागरिकता भएका २५ वर्षीय एक व्यक्तिलाई आतंकवादी आक्रमणको तयारी गरेको आशंकामा पक्राउ गरेको छ। अन्य पाँच जनालाई धरौटीमा रिहा गरिएको छ।

प्रहरीका अनुसार विमानस्थलनजिक रहेका केही गाडीबाट पेट्रोलजस्तो ज्वलनशील पदार्थ फेला परेको थियो। तर कुनै विस्फोटक पदार्थ भने बरामद नभएको बताइएको छ।

इरानले घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै बेलायती अधिकारीसँग घटनाबारे औपचारिक जानकारी मागेको छ।

यसैबीच, इजरायलतर्फ गइरहेको विमानको चालक कक्षमा भएको आक्रमणबारे पनि इरानको सम्भावित सम्बन्धबारे अनुसन्धान भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानका सहचालकको इरानसँग सम्बन्ध हुन सक्ने संकेत गरेका छन्।

तर घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरूले अहिलेसम्म इरानसँग सम्बन्ध पुष्टि गर्ने प्रमाण फेला नपरेको बताएका छन्।

दुवै घटना अनुसन्धानकै प्रारम्भिक चरणमा रहेकाले वास्तविक कारण र संलग्नताबारे निष्कर्षमा पुग्न बाँकी रहेको सम्बन्धित अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  २ : २७ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख