दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र « Khabarhub

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ, रङरोगन तथा सौन्दर्यीकरणको काम तीव्र पारिएको छ ।

दसैँका अवसरमा भक्तजनको भीड लाग्ने मैतीदेवी मन्दिर परिसरलाई आकर्षक बनाउन अहिले रङरोगनको काम भइरहेको हो । 

रङरोगन सकिएपछि झिलिमिली बत्ती जडान गरी मन्दिर क्षेत्रलाई थप आकर्षक बनाउने तयारी रहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव रमेश खड्गीले जानकारी दिए । उनका अनुसार मन्दिरको छत तथा भित्री भागको सरसफाइसमेत गरिएको छ ।

लामो समयदेखि धुवाँका कारण मन्दिरभित्रका संरचना कालो भएकाले विशेष सरसफाइ गरिएको उनले बताए । 

‘सर्वप्रथम मैतीदेवी मन्दिरको सरसफाइ र रङरोगनको काम गरिरहेका छौँ । यो सकिएपछि एक-दुई दिनभित्र झिलिमिली बत्ती राख्ने काम सुरु गर्छौँ’, उनले भने, ‘यसपालि सडकबाटै झिलिमिली बत्ती राख्दैछौँ र त्यसपछि मन्दिरको छतमा पनि बत्ती जडान गर्ने योजना छ ।’

दसैँको तयारीसँगै मन्दिर परिसरमा विभिन्न संरचना निर्माण, मर्मत तथा स्तरोन्नतिका कामसमेत भइरहेका छन् । भोजघरको करिब ९८ प्रतिशत काम सकिएको छ भने भजन गर्ने पाटी र प्रबन्ध समितिको कार्यालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै, मयूरकुण्ड निर्माण पनि करिब ९५ प्रतिशत पूरा भएको समितिले जनाएको छ ।

मन्दिर क्षेत्रको पूर्वाधार विकासका लागि बागमती प्रदेश सरकार, वडा तथा सम्पदा संरक्षणसम्बन्धी बजेटबाट विभिन्न काम भइरहेको सदस्य सचिव खड्गीले बताए। 

‘अझै गर्न बाँकी काम धेरै छन् । मन्दिर अगाडिको मुख्य सडकतर्फ रहेको बारलाई सांस्कृतिक स्वरूप दिने योजना छ । त्यसमा दाँची अप्पा राखेर पर्खाल उठाउने योजना बनाएका छौँ’, उनले भने । 

मैतीदेवी काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठमध्ये एक हो । बडादसैँको अवसरमा यहाँ दर्शन तथा पूजाआराधनाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
 

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  २ : ४३ बजे

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।