रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा « Khabarhub

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट हालसम्म ३२ करोड ५० लाख ब्यारेल कच्चा तेल तथा तेलजन्य उत्पादन बजारमा पठाएको आईईएले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको अभाव हुन नदिन मार्चमा आईईएका सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट कुल ४० करोड ब्यारेल तेल बजारमा पठाउने प्रतिबद्धता जनाएका थिए। त्यसै प्रतिबद्धताअन्तर्गत हालसम्म उक्त परिमाणमा तेल बजारमा पठाइएको हो।

यो विवरण विश्वका प्रमुख सात औद्योगिक राष्ट्रहरूको समूह ९जी–७० ले आईईएसँग समन्वय गरी अमेरिका–इरान युद्धका कारण उत्पन्न विश्वव्यापी ऊर्जा आपूर्तिसम्बन्धी चिन्ता कम गर्न थप १० करोड ब्यारेल डिजेल र कच्चा तेल बजारमा पठाउने सहमति जनाएको भोलिपल्ट सार्वजनिक भएको हो।

तर जी–७ को पछिल्लो निर्णयमा मार्चमा आईईएले गरेको प्रतिबद्धताअन्तर्गत बाँकी रहेको ७ करोड ५० लाख ब्यारेल तेल पनि समावेश छ कि थप आपूर्तिका रूपमा पठाउन लागिएको हो भन्ने स्पष्ट पारिएको छैन।

आईईएको मार्चको प्रतिबद्धताअनुसार अब करिब ७ करोड ५० लाख ब्यारेल तेल बजारमा पठाउन बाँकी छ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ६ : ४७ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४