रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा « Khabarhub

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट हालसम्म ३२ करोड ५० लाख ब्यारेल कच्चा तेल तथा तेलजन्य उत्पादन बजारमा पठाएको आईईएले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको अभाव हुन नदिन मार्चमा आईईएका सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट कुल ४० करोड ब्यारेल तेल बजारमा पठाउने प्रतिबद्धता जनाएका थिए। त्यसै प्रतिबद्धताअन्तर्गत हालसम्म उक्त परिमाणमा तेल बजारमा पठाइएको हो।

यो विवरण विश्वका प्रमुख सात औद्योगिक राष्ट्रहरूको समूह ९जी–७० ले आईईएसँग समन्वय गरी अमेरिका–इरान युद्धका कारण उत्पन्न विश्वव्यापी ऊर्जा आपूर्तिसम्बन्धी चिन्ता कम गर्न थप १० करोड ब्यारेल डिजेल र कच्चा तेल बजारमा पठाउने सहमति जनाएको भोलिपल्ट सार्वजनिक भएको हो।

तर जी–७ को पछिल्लो निर्णयमा मार्चमा आईईएले गरेको प्रतिबद्धताअन्तर्गत बाँकी रहेको ७ करोड ५० लाख ब्यारेल तेल पनि समावेश छ कि थप आपूर्तिका रूपमा पठाउन लागिएको हो भन्ने स्पष्ट पारिएको छैन।

आईईएको मार्चको प्रतिबद्धताअनुसार अब करिब ७ करोड ५० लाख ब्यारेल तेल बजारमा पठाउन बाँकी छ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ६ : ४७ बजे

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार