फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो « Khabarhub

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती व्यापारीको भ्यानभित्र एक पुरुषको मृत शरीर फेला परेको छ। उक्त भ्यानमा अवैध आप्रवासीहरू पनि रहेको अधिकारीहरूले शनिबार बताएका छन् । उक्त व्यक्तिलाई गोली हानी मारिएको अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानपछि खुल्न आएको छ।

स्थानीय अभियोजक कार्यालयका अनुसार उक्त सवारी साधन शुक्रबार ट्रोयेस सहरबाट करिब ३० किलोमिटर उत्तरमा फेला परेको थियो । ट्रोयेस पेरिसको दक्षिण–पूर्वमा अवस्थित छ र इङ्लिस च्यानलबाट करिब ३०० किलोमिटर टाढा छ। अपराध स्थलमा उपस्थित भएको विश्वास गरिएको’ एक शङ्कास्पद व्यक्तिलाई शुक्रबार बिहानै पक्राउ गरिएको ट्रोयेसकी अभियोजक इसाबेल भेरिसिमोले बताए ।

उनले भने, “बिहान करिब ५ बजे भ्यानको सिटमा ४७ वर्षीय पुरुषको मृत शरीर ‘टाउकोमा गोली लागेको’ अवस्थामा फेला परेको थियो । उक्त भ्यानमा बेलायती नम्बर प्लेट थियो ।” सवारी साधनभित्र प्रहरीले ‘फ्रान्सेली भूमिमा अवैध रूपमा रहेका करिब १० जना विदेशी नागरिक’ फेला पारेको थियो। उहाँले मृतक वा ती विदेशीहरूको राष्ट्रियता उल्लेख गरे ।

प्रारम्भिक अनुसन्धानले बेलायती भ्यान ‘च्याम्प ल’ एपे विश्रामस्थलमा पार्क गर्न रोकिँदा गोली चलेको र त्यसपछि धेरै व्यक्ति घटनास्थलबाट भागेको सङ्केत पाइएको अभियोजकको विज्ञप्तिमा उल्लेख छ। अपराध भएको स्थानभन्दा उत्तरमा रहेको रेम्सको कानुन प्रवर्तन कार्यालयलाई उक्त घटनाको अनुसन्धानको जिम्मेवारी दिइएको छ ।

ट्रोयेस अभियोजक कार्यालयले शनिबार ‘हत्या, हत्या प्रयास, बिना अनुमति हतियार कब्जा, सङ्गठित समूहको रूपमा विदेशीलाई फ्रान्समा अवैध प्रवेश, आवतजावत र बसोबासमा सहयोग तथा सङ्गठित समूहको रूपमा मानव तस्करी’ का लागि फौजदारी मुद्दा दायर गर्ने बताएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ११ : ०० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको