एनपीएलमा आज जनकपुर र विराटनगर तथा लुम्बिनी र पोखरा भिड्दै « Khabarhub

एनपीएलमा आज जनकपुर र विराटनगर तथा लुम्बिनी र पोखरा भिड्दै


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुने तालिका छ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२:३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेल साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुनेछ।

तीन खेल खेलिसकेको विराटनगरले एउटा खेलमा मात्रै जित हासिल गर्न सकेको छ । आफ्नो चैाथो खेलमा विराटनगर दोस्रो जितका लागि मैदानमा उत्रने तयारी छ ।

उता जनकपुर बोल्ट्सले पनि तीन खेल खेलिसक्दा एकमा हार बेहोरेको छ भने दुई खेलमा विजयी भएको छ । आज जनकपुर लगातार तेस्रो जितको खोजीमा छ ।

त्यस्तै आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। अपराजित लुम्बिनी लायन्सले दुई खेलमा एक खेलमा जित निकालेको छ भने अर्को खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

त्यस्तै पोखरा एभेन्जर्सले दुई खेल खेलिसक्दा पनि जित निकाल्न सकेको छैन । दुई खेलमा पराजित पोखरा एभेन्जर्स तेस्रो खेलमा जित्नै पर्ने दबाबमा छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ६ : २० बजे

नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

काठमाडौँ– नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त भोजपुरका किसान

भोजपुर– निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने

एनपीएलमा आज जनकपुर र विराटनगर तथा लुम्बिनी र पोखरा भिड्दै

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, गणेश भगवानको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १७ गते मंगलबार सन् २०२६