अमेरिकामा आज मध्यावधि निर्वाचन, अर्थतन्त्र, महँगी र आप्रवासन मुख्य मुद्दा « Khabarhub

अमेरिकामा आज मध्यावधि निर्वाचन, अर्थतन्त्र, महँगी र आप्रवासन मुख्य मुद्दा


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । यो निर्वाचनबाट अमेरिकी संसद् कंग्रेसका दुवै सदन (प्रतिनिधिसभा र सिनेट) को शक्ति सन्तुलन निर्धारण हुनेछ ।

निर्वाचनमा प्रतिनिधिसभाका ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान हुन लागेको हो । सिनेटका ३३ नियमित सिट, दुई विशेष निर्वाचन र ३६ राज्यमा गभर्नर चयनका लागि पनि मतदान हुनेछ ।

अमेरिकी निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा मतदाताले आफ्नो राज्य र निर्वाचन क्षेत्रअनुसार संघीय, राज्य तथा स्थानीय तहका प्रतिनिधि चयन गर्नेछन् । यस मध्यावधि निर्वाचनमा ५ करोड ६० लाखभन्दा बढी मतदाताले यसअघि नै अग्रिम मतदान गरिसकेका छन् ।

निर्वाचनमा अर्थतन्त्र, जीवनयापनको लागत र आप्रवासन मुख्य मुद्दाका रूपमा रहेका छन् । जीवनयापनको बढ्दो लागतका बारेमा डेमोक्रेट र रिपब्लिकन दुवैका समान चासोहरू रहे पनि हालका सर्वेक्षणहरूले अर्थतन्त्र, राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य प्रमुख मुद्दाहरूलाई उनीहरूले हेर्ने दृष्टिकोणमा भिन्नता रहेको देखाएका छन् ।

रिपब्लिकन पार्टीको प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत छ भने डेमोक्रेटिक पार्टीका लागि दुवै सदनमा आफ्नो उपस्थिति बलियो बनाउनु पर्ने दबाब छ । तल्लो सदनमा बहुमतका लागि डेमोक्रेटिकलाई अहिलेको सिट संख्याबाट ४ सिट बढाए पुग्छ । माथिल्लो सदन सिनेटको प्रतिस्पर्धा भने रोचक हुने सर्वेक्षणहरुले देखाएका छन् ।

यो निर्वाचनको नतिजाले सन् २०२८ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुवै दलको राजनीतिक रणनीति र शक्ति सन्तुलनमा प्रभाव पार्न सक्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ९ : ०० बजे

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना, एक विदेशीको मृत्यु, एक जना घाइते

सोलुखुम्बु– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड दुईघण्टा बन्द

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिएकाे छ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौँ– काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको

नागढुंगा सुरुङमार्गमा सवारीको चाप (तस्बिर)

काठमाडौँ– नागढुंगा सुरुङमार्ग प्रवेशमा टोल शुल्क संकलन सुरु भएपछि सवारीसाधनको

अमेरिकामा आज मध्यावधि निर्वाचन, अर्थतन्त्र, महँगी र आप्रवासन मुख्य मुद्दा

काठमाडौँ– अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । यो निर्वाचनबाट अमेरिकी