काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा टस जितेर लुम्बिनीले पहिले फिल्डिङ गरिरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पाचौँ विकेट गुमाएको छ । खेलको ९ ओभर ३ बलमा पोखराका शकिब अल हसन आउट भए । कप्तान रोहित पौडेलको बलमा उनी आशिफ शेखबाट क्याच आउट भएका हुन् ।
आउट हुनुअघि ८ बलमा ३ रन बनाए ।
लिगको अंक तालिकामा पोखरा पुछारमा रहेको छ । उता लुम्बिनी भने अंक तालिकाको पाचौँ स्थानमा छ ।














प्रतिक्रिया