वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत « Khabarhub

वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र औषधि उत्पादनको गुणस्तर सुधारका विषयमा छलफल भएको छ ।

छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, औषधिको गुणस्तर सुधार, निर्यातको सम्भावना र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का मापदण्डअनुरूप उत्पादन प्रणालीको स्तरोन्नति गर्ने विषयमा छलफल भएको हो ।

वैद्यखानाको उत्पादन प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै संस्थागत क्षमता विकास गर्न दुवै मन्त्रालयबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ । 

यसका लागि दुई मन्त्रालयबीच समझदारीपत्र गर्ने प्रस्तावसमेत अघि बढाइएको छ ।

छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव दीनानाथ मिश्रको पनि सहभागिता थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ६ : ११ बजे

जखेरा तालमा डुबेर एक बालिकाको मृत्यु

दाङ– लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा

१३ तस्बिरमा पोखरा भर्सेस लुम्बिनीको रोचक प्रतिस्पर्धा

काठमाडौँ – नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा

सिड्नीको नेपाल फेस्टिभलमा सांगीतिक रौनक: प्रकाश, आशिष र रचना मुख्य आकर्षण

काठमाडाैँ – अस्ट्रेलियाको सिड्नीमा नेपाली गीतसंगीत र संस्कृतिको प्रवर्द्धन गर्ने

लुम्बिनीको कसिलो बलिङमा कमजोर देखियो पोखरा (तस्बिरहरु)

काठमाडौँ – नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा

‘विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनसँग जुध्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक’

सर्वप्रथम त, कोप-३१ का लागि जलवायु पीडितबाट जलवायु नेतृत्वतर्फको रणनीतिक