काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर गर्ने भएको छ ।
थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेन्मेन्टले संयुक्तरुपमा आयोजना गर्न लागेको कार्यक्रममा दरबार टिम सहभागी हुन लागेको हो । आयोजक र यो टिमबीच कागजी सम्झौता पनि भएको छ ।
दरबारको टोलीबाट अधिकांश कलाकार टुरमा रहने आयोजकले बताइएको छ । तथापि सूची भने सार्वजनिक गरेको छैन ।
फेब्रुअरी महिनाबाट यो कार्यक्रम सुरु हुनेछ । आयोजकका अनुसार दरबारका कलाकारले सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन र न्युक्यासललगायका ८ शहरमा प्रस्तुती दिने तय भएको छ ।













प्रतिक्रिया