स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू)  « Khabarhub

स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू) 


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री माधवनारायण स्वस्थानी व्रत मेला आज (शनिबार)देखि सुरु भएको छ ।

पौराणिक तथा धार्मिक महत्व बोकेको शंखरापुर नगरपालिका साँखुस्थित शालिनदी क्षेत्रमा पहिलो दिनदेखि नै श्रद्धालुहरूको उल्लेख्य भीड देखिएको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घरघरमा एक महिनासम्म विधिपूर्वक गर्ने स्वस्थानी व्रत आज औपचारिक रूपमा आरम्भ भएको हो ।

यस अवधिमा स्कन्दपुराण अन्तर्गतको केदार खण्डको माघ महात्म्यमा वर्णित कुमार र अगस्त्य ऋषिबीचको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्परा पनि आजैदेखि सुरु गरिएको छ।

पौष शुक्ल पूर्णिमादेखि सुरु हुने यो व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्नेछ।

माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हातखुट्टाका नङ काट्ने, एकचित्त भई निराहार बस्ने तथा पूर्णिमाको बिहान सबेरै नदीमा स्नान गरी पूजा गर्ने परम्परा रहिआएको छ । त्यसपछि मन्त्रोच्चारणसहित शंखजल ग्रहण गर्ने चलन छ ।

शंखजल ग्रहण गरेपछि कसैलाई नछुने र जुत्ता नलगाउने धार्मिक मान्यता छ । माधवनारायणको पूजा नगरे स्वस्थानी व्रत अधुरो हुने विश्वास गरिन्छ ।

स्वस्थानी र माधवनारायणको पूजाआराधनाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहिआएको छ ।

व्रत अवधिभर व्रतालु तथा अनुष्ठानकर्ताहरू पशुपतिनाथ, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूल लगायतका तीर्थस्थलहरूमा पैदल यात्रा गर्दै दर्शनका लागि जाने परम्परा पनि रहेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ११ : ५४ बजे

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी