कङ्गोमा बिद्रोही आक्रमण, १४ जनाको मृत्यु « Khabarhub

कङ्गोमा बिद्रोही आक्रमण, १४ जनाको मृत्यु


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बेनी– अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकैसाथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् ।

उत्तर–पश्चिम नर्थ किभु प्रान्तमा राति सात किलोमिटरको क्षेत्रमा विद्रोहीले हमला गरेको स्थानीय नेता माकाएर सिभिकुनुलाले बताए । उनले भने, ‘तीन गाउँमा एकसाथ हमला भयो। राति ८ बजेदेखि १० बजेसम्म गोलीबारी भयो । १५ जनाको मृत्यु भयो र १३ घर जले ।’

स्थानीय बासिन्दाहरूले पनि यस आक्रमणलाई पुष्टि गरेका छन् । सेनाले दुई जना सैनिकको पनि मृत्यु भएको जनाएको छ ।

यो समूह प्रारम्भमा युगान्डाका पूर्व बेद्रोहीहरूले गठन गरेका थिए र १९९० दशकदेखि उत्तरपूर्वी कङ्गोमा सक्रिय छन् । यसले हजारौँ सर्वसाधारणको हत्या गरिसकेको छ ।

सन् २०२१ देखि युगान्डाका सैनिकहरू कङ्गोको सेनासँग मिलेर यस समूहविरुद्ध लडेका छन्, तर हिंसा रोक्न सफल भएका छैनन् ।
विद्रोही प्रायः असहाय नागरिकमाथि हमला गर्छन् र त्यसपछि जङ्गलतर्फ भाग्छन् । रासस
 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  २ : ०० बजे

मादुरोको तस्बिर सार्वजनिक गर्दे ट्रम्पले भनेः सैन्य जहाजमार्फत अमेरिका ल्याइँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत

बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु

नेपालगन्ज – बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा

रवि, कुलमान र बालेनबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति

ताप्लेजुङबाट उपमहासचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस

ताप्लेजुङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

निष्पक्ष निर्वाचन गराउने कार्यमा सरकार प्रतिबद्ध छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निष्पक्ष निर्वाचन