देश निर्वाचनमा केन्द्रित भयो : संयोजक दाहाल « Khabarhub

देश निर्वाचनमा केन्द्रित भयो : संयोजक दाहाल


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताएका छन् । 

प्रेस सेन्टरले आज खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताए । निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको बताए । 

जेन-जी युवापुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शङ्का गरिरहनुपर्ने अवस्था नभएको भन्दै दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी गरे ।  

काठमाडौँ फर्किनुअघि पत्रकारसँग कुरा गर्दै संयोजक दाहालले अहिलेकै सरकारले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन गराउन सक्षम रहेको बताए । 

‘संविधानसभाबाट संविधान बनाउँदै गर्दा नै हामीले वाचा गरेका थियौँ, १० वर्षपछि संविधानको समीक्षा गरी संविधानमा भएका सकारात्मक र नकारात्मकका आधारमा संविधान संशोधन र परिमार्जन गर्नेछौँ’, उनले भने । 

जेन-जी आन्दोलनको मर्मभावनाअनुसार अहिलेका राजनीतिक दलहरूले नयाँ जनादेशमा जानुपर्ने आवश्यकता भएको उनको भनाइ छ । निर्वाचनको प्रक्रिया सुरु भइसकेको संसद् पुनः स्थापना नहुने र अहिले भएकै सरकारले निर्वाचन सम्पन्न गराउनुपर्ने धारणा व्यक्त गरे । नयाँ जनादेश प्राप्त गरिसकेपछि संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताए ।  

नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता घोषणा कार्यक्रममा सहभागी हुन दाहाल र सहसंयोजक माधवकुमार नेपाल खाँदबारी आएका थिए । 
 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ५ : ०३ बजे

राष्ट्रियसभाको ८ सिटमा कांग्रेसको दाबी, एमाले र नेकपा दुवैसँग समानान्तर वार्ता

काठमाडौं- नेपाली कांग्रेसले आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय

राष्ट्रिय सभामा भएको एकतासभामा देखिएनन् बालेन र कुलमान, बृहत् एकतासभाको तयारी हुँदै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकता सभामा बालेन्द्र साह

यमनका पक्षहरूबीच संवाद सहज बनाउन टर्कीए तयार : राष्ट्रपति एर्दोगान

एजेन्सी– टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमा द्वन्द्वरत पक्षहरूबीच संवाद

हत्यामा संलग्न भएको आरोपमा चार युवा पक्राउ

ओखलढुङ्गा– जिल्ला प्रहरी कार्यालयले श्रृङ्खलाबद्ध हत्यामा संलग्न भएको आरोपमा चार

जनकल्याण बहुउद्देश्यीय साकोसमा साढे १४ लाख रकम अपचलन, व्यवस्थापक भन्छन्- तिर्न तयार छु

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-८ फेदीमा अवस्थित जनकल्याण बहुउद्देश्यीय