भेनेजुएलाका राष्ट्रपतिको अवस्था अझै अज्ञात « Khabarhub

भेनेजुएलाका राष्ट्रपतिको अवस्था अझै अज्ञात


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काराकास- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अवस्था अझै अज्ञात छ । अमेरिकाले शनिबार बिहानै राजधानी काराकाससहित विभिन्न स्थानमा आक्रमण गरेयता उनी बेपत्ता छन् । आक्रमणपछि अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “मदुरोलाई उहाँकी पत्नीसहित पक्राउ गरिएको छ र देश बाहिर लगिएको छ । यो कारबाही अमेरिकी कानून प्रवर्तनसँग मिलेर गरिएको थियो । थप विवरणहरू पछि प्राप्त हुनेछन् ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले यस घटनाबारे थप विवरणका लागि अमेरिकी समय अनुसार शनिबार बिहान पत्रकार सम्मेलन गर्ने बताएका छन्।

भेनेजुएलाले अमेरिकी सेनाले शहरका आवासीय क्षेत्रमा समेत आक्रमण गरेको आरोप लगाउँदै ठूलो मात्रामा सैन्य स्रोतहरू परिचालन गर्ने घोषणा गरेको छ ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर प्याड्रिनो लोपेजले सामाजिक सञ्जालमा साझा गरिएको एक भिडियो वक्तव्यमा भनेका छन्, “आक्रमणमा संलग्न अमेरिकी सेनाले हाम्रो भूमिमा ‘अपवित्र हस्तक्षेप’ गरेको छ । उनीहरूले आफ्नो लडाकु हेलिकप्टरबाट मिसाइल र रकेटहरू प्रयोग गरी भेनेजुएलामाथि प्रहार गरेका छन् ।”

लोपेजले थपे, “भेनेजुयलाले राष्ट्रको सार्वैभौम रक्षाको लागि स्थलसेना, वायुसेना, नौसेना, नदी र मिसाइल क्षमताहरूको ठूलो प्रयोग गर्नेछ ।” अमेरिकी कानून अन्तर्गत आक्रमणको कानुनी कारण तत्काल स्पष्ट भएको छैन । रिपब्लिकन पार्टीका तर्फबाट यूटा राज्यका सिनेटर माइक लीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विदेशमन्त्री मार्को रुबियोसँग भेनेजुएलाको पछिल्लो घटनाबारे कुरा गरेको र रूबियोबाट नै आक्रमणबारे जानकारी प्राप्त भएको उल्लेख गरेका छन् ।

लीले रुबियोलाई उद्धृत गर्दै भनेका छन्, “मदुरोलाई अमेरिकी अधिकारीहरूले संयुक्त राज्य अमेरिकामा आपराधिक आरोपमा मुद्दा चलाउन पक्राउ गरिएको हो ।” ह्वाइट हाउसले मदुरो र उनकी पत्नीलाई कहाँ लगिएको हो भन्नेबारे तत्काल केही बताएको छैन । सन् २०२० मार्चमा मादुरोलाई न्यूयोर्कको दक्षिणी जिल्लामा ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रको आरोपमा अभियोग लगाइएको थियो।

राष्ट्रपति मादुरो पछिल्लो पटक शुक्रबार काराकासमा चिनियाँ अधिकारीहरूसँगको भेटघाटका क्रममा सार्वजनिक भएका थिए । यसैबीच, भेनेजुएलाका अधिकारीहरूले वाशिङ्गटनको आक्रमणमा मृत्यु भएका र घाइते भएका सेना र सर्वसाधारणको तथ्याङ्क संकलन भइरहेको जनाएका छन् । लोपेजका अनुसार भेनेजुएलाको सबैभन्दा ठूलो सैन्य शिविर फुएर्ते तिउना, राजधानी वरपरका मिरान्डा, अराग्वा र ला ग्वाइरा राज्यमा केही आवासीय क्षेत्रमा क्षति पुगेको छ ।

एएफपीका पत्रकारहरूले राजधानी काराकासमा बिहान २ बजे विस्फोटनको आवाज सुनिएको र राजधानी काराकास र वरपरका क्षेत्रमा ‘आतङ्क मच्चिएको’ बताएका छन् । देशका अन्य शहरहरूमा पनि थप विस्फोटहरू भएका बताइएको छ ।

राजधानीका आकासमा करिब एक घण्टासम्म विमानको आवाज सुनिएको र उक्त अवधिभर व्यापक हवाई आक्रमणहरू भएको र ठूला ठूला विस्फोटका आवाज सुनिएको थियो ।

आक्रमणबाट भेनेजुएलाको राजधानीका कैयौँ क्षेत्र बिजुलीविहीन भएका छन् । रक्षामन्त्री लोपेजले अमेरिकी आक्रमणबाट संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको भन्दै भेनेजुएलाले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गरेको बताए ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ६ : ४७ बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर