प्राडा शर्माको ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ सार्वजनिक « Khabarhub

प्राडा शर्माको ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ सार्वजनिक


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिवङ्गत प्राडा बाबुराम शर्मा पोख्रेलका दुई कृति ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ र ‘स्तुति पुष्पाञ्जली’ आज सार्वजनिक भएका छन् ।

वरिष्ठ समालोचक एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा वासुदेव त्रिपाठी, प्राडा विद्यानाथ उपाध्याय, प्राडा जीवेन्द्रदेव गिरी र प्रा नीलमणि ढुङ्गाना, प्रा केदार न्यौपाने र डा दिनेशचन्द्र पोख्रेलले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका पुराण विभागका संस्थापक डा पोख्रेलको निधनको ११ वर्षपछि उनका छोरा पूर्वप्रहरी महानिरीक्षक एवं वरिष्ठ चिकित्सक दिनेशचन्द्र पोख्रेलले पुस्तक प्रकाशन गरेका हुन् ।  

डा पोख्रेलले पिएचडी गर्दाको विषयलाई संस्कृतमा लेख्नुभएको उक्त अनुसन्धानलाई प्रा नीलमणि ढुङ्गानाले नेपाली भाषामा अनुवाद गरी उक्त पुस्तक प्रकाशित गरिएको हो । पुराणहरूमध्ये स्कन्द पुराणमा ८१ हजार स्लोक रहेका र त्यसको उपपुराणमा ५० खण्ड रहेकामध्ये एक खण्ड हिमवत्खण्ड रहेको ढुङ्गानाले बताए  । 

वरिष्ठ समालोचक प्राडा त्रिपाठीले नेपालमा पुराणका प्रवर्तक नै प्राडा पोख्रेल रहेको उल्लेख गर्दै हिमवत्खण्डमा मूल रूपमा नेपाल खण्ड पाइने बताए  ।

प्राडा उपाध्यायले पुराणको शिक्षाले जीवनजगत् अगाडि बढाउन र मार्गदर्शन गर्न मद्दत मिल्ने भन्दै प्राडा पोख्रेल पुराण इतिहासको स्तम्भ भएको बताए । साथै स्तुति पुष्पाञ्जलीले स्तुति गर्न सिकाउने उनको भनाइ छ ।

वक्ताहरू प्राडा गिरी, प्रा न्यौपानेले यो पुस्तकले प्राचीन विषयको अध्ययन गर्न चाहनेहरूका लागि महत्त्वपूर्ण दस्ताबेज रहेको उल्लेख गरे ।

तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा हिमवत्खण्डसम्बन्धी दुईवटा सम्मेलन भएका थिए । प्राडा पोख्रेलको यो पुस्तकले यसबारे झन गहिराइमा पुर्‍याउने वक्ताहरूको भनाइ छ ।
 
पञ्चकुमारी सामाजिक गुठीको आयोजना तथा भरोसा अस्पतालको सहआयोजनामा भएको कार्यक्रममा लेखक पोख्रेलका पुत्र डा पोख्रेलले पिताको अर्को पुस्तक आगामी वर्ष प्रकाशित गर्ने बताए । उनले नेपाली साहित्य लेखनमा सम्मानको कमी भएको भन्दै सबैले यथोचित सम्मान पाउनुपर्नेमा जोड दिए  ।
 

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ७ : ५८ बजे

दलाई लामालाई भेटेर वरुण चौधरीले लिए आशीर्वाद

काठमाडौं– नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले तिब्बतबाट भारतको धर्मशालामा

विद्युतीय तार भूमिगत आयोजना : तीनपटक म्याद थप्दा ६७ प्रतिशत काम

गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार

पोखरीमा डुबेर एक जनाको मृत्यु

राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु

जाँचबुझ आयोगको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिँदै

काठमाडौँ – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनालाई

मनाङसँग चित्लाङ २-० ले पराजित

काठमाडौं- शीर्ष डिभिजन मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा चित्लाङ फुटबल