निष्पक्ष निर्वाचन गराउने कार्यमा सरकार प्रतिबद्ध छः मन्त्री खरेल « Khabarhub

निष्पक्ष निर्वाचन गराउने कार्यमा सरकार प्रतिबद्ध छः मन्त्री खरेल


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निष्पक्ष निर्वाचन गराउने कार्यमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

ललितपुरको मङ्गलबजारमा आज आयोजित ‘गल्ली माप्स’ द्वारा निर्मित निर्वाचन – २०८२ लक्षित ‘मतदाता पहुँच’का लागि मतदान केन्द्र पहिचान तथा दिशानिर्देशन प्रणालीको सार्वजनिकीकरण कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते निर्वाचन हुनेमा भन्नेमा ढुक्क हुन सबैलाई आग्रह गरे ।

“फागुन २१ मा हुने निर्वाचनमा जनहितमा काम गर्नसक्ने नेता र नेतृत्व ल्याउन जरुरी छ । मुलक परिवर्तनको जगमा अगाडि बढ्दैछ, युवापुस्ता राजनीतिमा आउनुपर्छ । मतदान केन्द्र कहाँ छ र कसरी जाने भन्ने चिन्ता लिनु पर्दैन, सूचनाप्रविधिको क्षेत्रमा हामीले फड्को मारिरहेका छौँ । प्रविधिमा आधारित कार्यलाई हामीले अगाडि बढाउनुपर्छ”, मन्त्री खरेलले भने ।

उनले वर्तमान सरकारले जेनजी युवाको योगदानको उच्च सम्मान गर्ने बताउँदै युवाहरूले गरेका कामलाई प्रोत्साहन गर्दै सरकारी संयन्त्रमा प्रविधिमाथिको पहुँच र उपयोगलाई तीव्र रूपमा अगाडि बढाउँदै लगिएको जानकारी दिए ।

मन्त्री खरेलले पाटनका सम्पदाहरूको स्तरोन्नति र सौन्दर्यकरणले पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गरिरहेको धारणा राखे । “सम्पदाको स्तरोन्नतिले यहाँको पर्यटन प्रवर्द्धनसँगै रोजगारी वृद्धि, शिक्षा र स्वास्थ्यमा सकारात्मक काम भएका छन् । पाटनका गल्लीसँग म परिचित छु, यहाँका हरेक गल्ली र चोकको बेग्लाबेग्लै महत्त्व छ”, उनले भने ।

गल्ली माप्सका संस्थापक राजविक्रम महर्जनले यो प्रणालीले घर नम्बर खोज्नेदेखि मतदाता नम्बरबाट मतदान केन्द्र पहिचान गर्न, जात्रा पर्वका बारेमा जानकारी पाउन सहज हुने जानकारी गराए ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १० : २१ बजे

सञ्जय दत्तले भारतबारे के भने- जसले सामाजिक सञ्जालमा मच्चियो हलचल ?

काठमाडौं– भारतीय अभिनेता सञ्जय दत्तको एउटा टेलिभिजन अन्तर्वार्तामा बोलेको कुरा

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले