देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री पौडेल « Khabarhub

देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री पौडेल


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् ।

नागरिकको अपेक्षा अनुसार नै पार्टी सुधारिएको भन्दै उनले अब सुधारिएको नेतृत्वले नै देश विकासको नेतृत्व लिने बताए । ‘कांग्रेससँग नागरिकका गुनासा छन्’, उनले भने, ‘अपेक्षा झन् धेरै छन् । नागरिकका गुनासा सम्बोधन गर्दै अब अपेक्षाअनुसारको समृद्धि दिने बाटोमा हामी छौँ ।’

आम निर्वाचन २०८२ का लागि देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदै गरेको भन्दै उनले यसले नागरिकका चाहना सम्बोधन गर्दै देश विकासको अबको मार्ग चित्र तय गर्ने बताए ।

‘नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर हामी अघि बढ्दैछौँ,’ उनले भने, ‘तपाईं सबैको साथ अपेक्षा गरेका छौं ।’

देशैभर कांग्रेस उम्मेदवारहरू चुनावी मैदानमा अघि बढिरहेको भन्दै उनले फेरिएको नीति र नेतृत्व दुवैले नयाँ ऊर्जा दिएको बताए ।

महामन्त्री पौडेलले काठमाडौं– ५ को सांसदका रुपमा आफूले विगतमा इमानदार भएर क्षेत्र र राष्ट्रको विकास तथा नीति निर्माणमा काम गरेको भन्दै विगतमा आफूले थालेका असल अभ्यासको निरन्तरता दिँदै अझ धेरै काम गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको बताए ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  १० : २० बजे

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान

पोखरा– पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री

दुई करोडको लागतमा मणिकाधाममा भजन हल निर्माण

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिकाधाममा

झापामा बालेनले भने– काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले

बसको ठक्करबाट एकजनाको मृत्यु

चितवन– चितवनको इच्छाकामनामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।