प्रतिनिधिसभा निर्वाचन : तनहुँ–२ मा पुराना दललाई नयाँको चुनौती « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : तनहुँ–२ मा पुराना दललाई नयाँको चुनौती


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँमा दुईवटा निर्वाचन क्षेत्र छन् । साबिक तनहुँ क्षेत्र नम्बर ३ वामपन्थी दलहरूले जित्दै आएको क्षेत्र हो । तनहुँमा हाल दुई निर्वाचन क्षेत्र छन् । 

यस निर्वाचन क्षेत्रमा म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र व्यास नगरपालिकाको वडा नम्बर ५ र ६ पर्दछ । तनहुँ क्षेत्र नम्बर २ मा एक लाख २७ हजार ५१५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले जानकारी दिए । यो निर्वाचन क्षेत्रमा १५६ मतदान केन्द्र छन् ।

विसं २०४८ यताको संसदीय निर्वाचनमा पाँचपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) र दुईपटक नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । विसं २०४८ मा नेकपा (एमाले) का किरण गुरुङ, २०५१ सालमा नेपाली कांग्रेसका अमरराज कैनी, २०५६ सालमा नेकपा (एमाले) का टुकराज सिग्देल, २०६४ सालमा नेकपा (एमाले) का किरण गुरुङ, २०७० सालमा नेकपा (एमाले) का टुकराज सिग्देल, २०७४ सालमा नेकपा (एमाले) कै केदार सिग्देल र २०७९ सालमा नेपाली कांग्रेसका शंकर भण्डारी निर्वाचित भएका थिए ।

यस क्षेत्रमा यस पटक नयाँ दलले समेत चुनौती दिएका छन् । यो क्षेत्रमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसबाट शंकर भण्डारी, नेकपा (एमाले) बाट केदार सिग्देल, नेपाली कम्युनिष्ट पार्टीबाट सोमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीराम न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर गोतामे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट  यमबहादुर ठकुरी, नेपाल जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल अर्गनाइजेसनबाट  सुष्मा आले, नेसनल रिपब्लिक नेपालबाट नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट  लक्ष्मण अधिकारी र नेकपा (माओवादी) बाट गणेशबहादुर लामगादे प्रतिस्पर्धामा छन्। 

विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शङ्कर भण्डारी तत्कालीन नेकपा (माओवादी केन्द्र)सँगको गठबन्धनबाट ३० हजार ६०४ मतसहित निर्वाचित भएका थिए । नेकपा (एमाले) का किरण गुरुङले २५ हजार १३०, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार ३७३, राप्रपाका नरेन्द्रप्रताप महतले एक हजार ४२१ मत प्राप्त गरेका थिए ।

मुख्यगरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, रास्वपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  १२ : ३८ बजे

टी–ट्वान्टी विश्वकप : पाकिस्तान र बंगलादेशलाई बन्नसक्छ गलपासो 

काठमाडौं– आगामी शनिबारदेखि सुरु हुने टी–२० विश्वकप अघि पाकिस्तानले भारतविरुद्धको

किएभमाथि पुनः रुसी आक्रमण

एजेन्सी– रुसले मंगलबार युक्रेनको राजधानी किएभमाथि पुनः आक्रमण सुरु गरेको

झापा–३ मा १७ उम्मेदवार चुनावी मैदानमा

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा

औषधी विभागद्वारा प्रदेश स्तरमा औषधि पसल सञ्चालन सम्बन्धी निर्देशन जारी

काठमाडौं– औषधि व्यवस्था विभागले प्रदेश स्तरमा सञ्चालन हुने फार्मेसी (औषधि)

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट एक युवती पक्राउ

झापा – भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६