अमेरिकासँग वार्ता गर्ने इरानको संकेत « Khabarhub

अमेरिकासँग वार्ता गर्ने इरानको संकेत


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– इरानका मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र न्यायसङ्गत वार्ता’ गर्न चाहेको स्पष्ट संकेत दिएका छन् । उनले विदेशमन्त्रीलाई यससम्बन्धी पहल अघि बढाउन निर्देशन दिएको बताएका हुन् ।

गत महिना राष्ट्रव्यापी विरोध प्रदर्शनको कठोर दमनपछि वासिङ्टनसँग तनाव चर्किएका बेला तेहरानबाट आएको यो पहिलो प्रत्यक्ष सन्देश मानिएको छ ।

यस घोषणालाई सुधारवादी राष्ट्रपति पेजेस्कियानका लागि महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । पछिल्ला हप्ताहरूमा देशभित्रको अस्थिरता आफ्नो नियन्त्रणभन्दा बाहिर गएको चेतावनी दिँदै आएका उनले अब कूटनीतिक बाटो खोल्न खोजेको देखिएको छ । यसले सर्वोच्च नेता आयातोल्लाह अली खमेनीबाट पनि वार्ताका लागि सहमति प्राप्त भएको संकेत दिने विश्लेषकहरूको भनाइ छ ।

क्षेत्रीय मध्यस्थतामा टर्कीले पर्दापछाडि प्रयास गरिरहेको बताइएको छ । अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकफ यस क्षेत्रको भ्रमणमा रहेका छन् । तर वार्ता सफल हुन्छ कि हुँदैन भन्ने अझै अनिश्चित छ, किनकि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमलाई वार्ताको मुख्य सर्त बनाइरहेका छन् ।

राष्ट्रपति पेजेस्कियानले सामाजिक सञ्जालमार्फत अङ्ग्रेजी र फारसी भाषामा लेख्दै क्षेत्रका मित्रवत सरकारहरूको आग्रहपछि यो निर्णय लिइएको जानकारी दिएका छन् । उनले गरिमा, विवेक र निष्पक्षताका आधारमा, धम्की र अनुचित अपेक्षाबिना वार्ता हुनुपर्ने बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले औपचारिक रूपमा वार्ता सुरु भएको स्वीकार गरेको छैन । तर ट्रम्पले सोमबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँग संवाद जारी रहेको र सम्झौता हुन सके राम्रो हुने बताएका छन्। उनले समाधान ननिस्किए गम्भीर परिणाम आउन सक्ने चेतावनीसमेत दिएका छन् ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  १२ : ४२ बजे

‘नयाँ दल एजेन्डाविहीन छन्, ‘पब्लिक फेस’ गर्न सकेका छैनन्’

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले नयाँ अनुहार

सिचाङका सभामुखसँग महावाणिज्यदूतको भेट

काठमाडौं– चीनको सिचाङ स्वायत्त क्षेत्रको प्रादेशिक संसद्को  अधिवेशनमा ल्हासास्थित नेपाली

सरकारले संघीयताको मर्मअनुसार काम गर्न सकेन : नेता सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्ण प्रसाद सिटौलाले

टी–२० विश्वकप : पाकिस्तान र बंगलादेशलाई बन्नसक्छ गलपासो 

काठमाडौं– आगामी शनिबारदेखि सुरु हुने टी–२० विश्वकप अघि पाकिस्तानले भारतविरुद्धको

किएभमाथि पुनः रुसी आक्रमण

एजेन्सी– रुसले मंगलबार युक्रेनको राजधानी किएभमाथि पुनः आक्रमण सुरु गरेको