ग्यास अभावले देखिन थाल्यो नाकाबन्दीमा जस्तै उपभोक्ताको लाइन (तस्बिरहरू) « Khabarhub

ग्यास अभावले देखिन थाल्यो नाकाबन्दीमा जस्तै उपभोक्ताको लाइन (तस्बिरहरू)


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई सातादेखि नेपाली बजारमा ग्यास अभाव देखिएको छ । बजारमा अहिले खाना पकाउने ग्यासको अभाव देखिएको छ । जसका कारण उपभोक्ता मारमा परेका छन् । 

भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ । भारतले नाकाबन्दी गरेको बेला काठमाडौंसहित देशभर ग्यास अभाव हुँदा यसैगरी उपभोक्ताको लाइन देखिन्थ्यो । 

नेपाल ग्यासका विक्री केन्द्रहरूमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ । 

बिहानदेखी दिनको २ बजे सम्ममात्र ग्यास वितरण गरिने सो कार्यालयमा अहिले दैनिक सयौँ उपभोक्ताहरू लाम बस्ने गरेका छन् ।

यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  १२ : ४७ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह