‘नयाँ दल एजेन्डाविहीन छन्, ‘पब्लिक फेस’ गर्न सकेका छैनन्’ « Khabarhub

‘नयाँ दल एजेन्डाविहीन छन्, ‘पब्लिक फेस’ गर्न सकेका छैनन्’

कांग्रेसमा नयाँ अनुहार आए पनि भिजन नयाँ नआएको टिप्पणी


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले नयाँ अनुहार नभएर नयाँ भिजन खोजेको बताएका छन् ।

प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन्।

नेपाली कांग्रेस नयाँ भयो भनिए पनि त्यस्तो नदेखिएको उनले बताएका छन् । ‘कांग्रेसमा नयाँ अनुहार आए,तर नयाँ भिजन आएन´, गुरुङले भने, ‘दोस्रो विशेष महाधिवेशनपछि पनि उहाँहरूको सिद्धान्त, विचार र दर्शनमा कुनै फेरबदल भएको छैन । त्यसैले कांग्रेस यथाअवस्थामै छ ।´

नयाँ दलको चुनौती आइरहेका बेला गुरुङले लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने दाबी गरेका छन् ।

‘केही पार्टी र व्यक्तिले आफूलाई नयाँ, अरूलाई पुराना भनेर आर‍ोप लगाइरहेका छन्´ गुरुङले भने, ‘उनीहरू एजेन्डाविहीन हुन् । त्यही भएर उनीहरूले ‘पब्लिक फेस’ गर्न सकेका छैनन् ।´

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा सम्भावित तालमेललाई लिएर उनले अहिले त्यस्तो अवस्था नदेखिए पनि सम्भावना बाँकी रहने जिकिर गरेका छन् ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  २ : २८ बजे

मेथीपानीले मधुमेह नियन्त्रणदेखि छाला संरक्षण गर्न मद्दत पुग्छ 

काठमाडौं– मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै

मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो

मुम्बई– भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी तनावको सम्भावित आर्थिक प्रभावलाई ध्यानमा

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा