साइकल यात्री महोत्तरीमा « Khabarhub

साइकल यात्री महोत्तरीमा


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– विश्व शान्ति र समृद्ध नेपालको नारासाथ साइकल यात्रा थालेका यात्री आज महोत्तरीको बर्दिबास आइपुगेका छन् । पूर्वको मेचीबाट पश्चिम महाकालीसम्मको यात्रा गत आइतबारबाट थालेका सातजना साइकल यात्री तेस्रो दिन बर्दिबास आइपुगेका हुन् ।

विश्व शान्ति र भातृत्व, स्वास्थ्य सचेतना र समृद्ध नेपालको कामना यात्राको अभिष्ठ रहेको टोली नेता काठमाडौंको कीर्तिपुरका बासिन्दा ४० वर्षीय कवि महर्जनले बताए।

 ‘वल्र्ड साइकल टुर क्याम्पियन नेपाल’ संस्थामा आबद्ध यात्रीले आसन्न प्रतिनिधिसभा निर्वाचनबाट मुलुकले राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अघि बढोस् भन्ने बाटोमा भेटिएका आम सर्वसाधारणको धारणा पाइएको बताएका छन् । 

आफूहरू आबद्ध संस्थाको १०औँ वर्षगाँठको अवसर पारेर यसपालि ‘नेपाल साइकल यात्रा’ थालिएको टोली नेता महर्जनको भनाइ छ । यात्रामा महर्जनका अतिरिक्त अन्य छ जना ललितपुरका छन् । त्यसमा रविन्द्र बज्राचार्य, सरिता महर्जन, विकास शाक्य,  निरु बज्राचार्य, भरत शाक्य र मञ्जु शाक्यको सहभागिता छ ।

यात्रीले पूर्वपश्चिम राजमार्ग आसपासका पर्यटकीय र धार्मिक महत्वका स्थलको अवलोकन गर्दै १५ दिनभित्र महाकाली पुग्ने लक्ष्य लिएका छन् । बर्दिबास आइपुगेका यात्रीलाई आज बर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तमकुमार श्रेष्ठसहितका उद्योगी व्यवसायीले स्वागत गरे । यात्रीहरूको टोली आजै बर्दिबासबाट निजगढ पुग्ने टोली संयोजक महर्जनले बताए।

बर्दिबास आइपुगेका यात्रीलाई यहाँका उद्यमी व्यवसायीले झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा र धनुषासम्मको यात्रामा देखिएको चुनावी चहलपहलबारे जिज्ञासा राखेका छन् । यात्रा सम्पन्न गरिएका जिल्लामा निर्वाचनको रौनक बढ्दै गएको देखिएको यात्रीले छोटो प्रतिक्रिया व्यक्त गरे ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  २ : ४० बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ

बाँकेमा आठ हजार बढीलाई एचपीभी खोप लगाइँदै

नेपालगन्ज- बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध आठ हजार भन्दा बढीलाई एचपीभी खोप

प्रदेशलाई भोट नहालेको तीन वर्षमै फेरियो बालेन्द्रको बोली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : उपाध्यक्ष गुरुङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले

शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’

ढाका- बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिदले आगामी